शुक्रबार, मंसिर २२ गते २०८०    

‘पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्दारहेछन्’ 

images
बिजनेस न्युज
images
‘पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्दारहेछन्’ 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन्। 

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन्। 

images
images
images

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा मन्त्री किरातीले काेषका पदाधिकारीहरु जता कमिसन आउँछ, त्यतै लाग्ने गरेको कुरा आफूले थाहा पाएको बताएका हुन्। 

images

‘विकास कोषका साथीहरू कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने रहेछन्। कर्मचारीहरु सीमित जागिर मात्रै खाने हो भन्ने ठान्ने रहेछन्', उनले भने, 'आज त्यहाँको सबै जनताले भने नि त,’ उनले भने। 

images

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएको पनि बताए। पर्यटकीय स्थल पशुपति क्षेत्रमा पर्यटक बढाउन सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

images


प्रकाशित : शनिबार, चैत १८ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ