बुधबार, जेठ १७ गते २०८०

नख्खु उकालो सडक निर्माण काम अन्तिम चरणमा

images
images
विजनेस न्युज
नख्खु उकालो सडक निर्माण काम अन्तिम चरणमा

नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा रहेको छ।

images
images
images

काठमाडौं- लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक अब केही दिनमै सम्पन्न हुने भएको छ। पाँच वर्ष पहिले नख्खु-बुङमती सडक विस्तार सुरु भएकामा अरु खण्डमा सकिए पनि प्रवेशबिन्दुको रुपमा रहेको नख्खु उकालोमा सडक अलपत्र रहेको थियो। 

images
images
images

पछिल्लो समय खानेपानीको पाइपका कारण कालोपत्र हुन नसकेकोमा त्यो व्यवस्थापन सकाएर कालोपत्र गर्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। अबको केही दिनमा नै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइपको काम सकाउने र त्यसपछि सडक कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा रहेको छ। लिमिटेडले अहिले कनेक्सन (पाइप जोड्ने) काम गरिरहेको र अबको चारपाँच दिनमा सकाउने सूचना अधिकारी जोशीले बताए। उनले भने, ‘उकालोको काम यो महिनाभित्र सकाउने लक्ष्य छ।’  

images

लिमिटेडले अहिले रात दिन खटिएर निरन्तररुपमा पाइप व्यवस्थापनको काम गरिरहेको सूचना अधिकारी जोशीले जानकारी दिए। पाइपको काम मसिनो हुने र थोरै काम देखिए पनि प्रत्येकलाई पाइपलाई जोडेर गर्नुपर्ने हुँदा समय लागेको हो।

‘मुख्य पाइपको काम भइसकेको छ र चार पाँच दिनमा घरघरमा कनोक्सन दिने काम हुनेछ’, उनले भने। भैँसेपाटीबाट बुङमतीको खण्डमा पनि  चैतसम्म सकाउनुपर्ने उनको भनाइ छ। सो खण्डमा अहिले लिमिटेड, नेपाल टेलिकमलगायतका अरु निकायले पनि काम गरिरहेको हुँदा अलि ढिला हुन गएको छ। रासस 

images

प्रकाशित : शनिबार, चैत १८ २०७९१०:४३
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ