बिहीबार , वैशाख २० गते २०८१    
images
images

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

images
images
images
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
images
images

काठमाडौं- नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौँ पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्।

images

शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

images

पुस १० गते प्रधानमन्त्री भएका दाहालले अहिले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। तर सरकारले अझै पूर्णता पाउन सकेको छैन। ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम अझै दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी रहेको छ।

images
images

कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री भएका छन्।

माओवादीबाट शक्ति बस्नेत मन्त्री बनेका छन्। उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ यसअघि भौतिक पूर्वाधारमन्त्री रहेकोमा अब उनले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका वेदुराम भुसाललाई कृषि तथा पशुपक्षी विकास मन्त्री भएका छन्। प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री दाहालले अझै पनि कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्।  

images

प्रकाशित : शुक्रबार, चैत १७ २०७९१०:०२

प्रतिक्रिया दिनुहोस