शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

४ अर्ब लागतमा सूर्यविनायक-साँगा सडक स्तरोन्नति हुँदै, ३ वर्षमा सक्नेगरी सुरू भयो काम

images
बिहीबार , चैत १६ २०७९
images
४ अर्ब लागतमा सूर्यविनायक-साँगा सडक स्तरोन्नति हुँदै, ३ वर्षमा सक्नेगरी सुरू भयो काम

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार गर्न लागिएको हो।

images
images

काठमाडौ- सूर्यविनायक-साँगा सडकखण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरू भएको छ।

images
images
images

सडक विभागअन्तर्गतको सूर्यविनायक-धुलिखेल,धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले सूर्यविनायक-साँगा सडकखण्डको काम सुरू गरेको हो। यो सडकखण्ड ६ लेनको हुनेछ। सडक विस्तार तथा स्तरोन्नतिका लागि आयोजनाले केही समय अगाडि निर्माण कम्पनी छनोट गरेको थियो।

images
images

आयोजनाले ७ दशमलव ५ किमी उक्त खण्डको ठेक्का  तीन अर्ब ८८ करोड ९३ लाखमा हुने गरी कम्पनी छनोट गरेको थियो। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार गर्न लागिएको हो। यसका लागि आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो।

images
images

उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको हो। सो डीपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने-आउने लेन तल-माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले देखाएको छ।

सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो। आयोजनाका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ।

गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ। साथै बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ।

काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब  एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ। 


प्रकाशित : बिहीबार , चैत १६ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend