काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशमा राजकुमार क्षेत्री नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणमा निमित्त महानिर्देशक क्षेत्रीलाई महानिर्देशकमा बढुवा गरेका हो।
क्षेत्री प्राधिकरणको महानिर्देशक लामो समय भन्ने बन्न पाउँदैन। क्षेत्री पुस २५ गते स्वत अवकाशमा जाँदै छन्।
क्षेत्री यस अघि विमानस्थल प्रमुख समेत भएर काम गरेका थिए। प्राधिकरणका महानिर्देशक राजन पोखरेल अवकाश भएपछि खाली रहेको ठाउँमा क्षेत्रीलाई नियुक्त गरेको हो।