बिहीबार , वैशाख २० गते २०८१    
images
images
मन्त्रिपरिषद् विस्तारमा सकस

न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँट एकैपटक टुग्यांउन प्रधानमन्त्री दाहालको जोडबल 

images
images
images
न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँट एकैपटक टुग्यांउन प्रधानमन्त्री दाहालको जोडबल 
images
images

काठमाडौं- सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मंगलबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आज बुधबार बिहान ९ बजेदेखि बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। 

images
images
images

गत चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने भने पनि एकजना पनि मन्त्री थप्न सकेका छैनन्। 

images

प्रधानमन्त्रीले १६ वटा मन्त्रालय एक्लै सम्हालेको महिना दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ। 

images

मन्त्रिपरिषद् विस्तारमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बढी मन्त्रालय दाबी गरेका छन्। नेकपा एस र जसपाले तीन तथा लोसपाले दुई मन्त्रालय दाबी गरेपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ। 

images
images

मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो। साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी थियो। सोहीअनुरूप आजको बैठकले एस, जसपा र लोसपालाई सहमति गराउँदै मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागबण्डाबारे टुंगो लगाउने अपेक्षा गरिएको छ। 

मंगलबारको बैठकमा कांग्रेसले ९, जसपा र एसले ३/३ तथा लोसपाले २ मन्त्रालयमा दाबी गरेका थिए। दलहरूले पाउने भन्दा बढी मन्त्रालयको दाबी गरेपछि समाधानको गाँठो फुक्नुभन्दा झन् कसिँदै गएको छ।  

images

प्रकाशित : बुधबार, चैत १५ २०७९०५:०३

प्रतिक्रिया दिनुहोस