बिहीबार , वैशाख २० गते २०८१    
images
images

प्रधानमन्त्री दाहाललाई मन्त्रिपरिषद् विस्तारमा सकस, अर्थमन्त्री बन्न चौधरी र महतको दौडधुप

images
images
images
प्रधानमन्त्री दाहाललाई मन्त्रिपरिषद् विस्तारमा सकस, अर्थमन्त्री बन्न चौधरी र महतको दौडधुप
images
images

काठमाडौंं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। संसदबाट विश्वासको मत लिएसँगै सरकार विस्तारको तयारी तीव्र पारेका हुन्। 

images
images
images

सत्तारुढ १० दलबीच मन्त्रालयको भागबन्डा र सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा समानान्तर रुपमा छलफल भइरहेको छ। तर भागबन्डा अझै मिलाउन भने प्रधानमन्त्री दाहालले सकेका छैनन्। प्रधानमन्त्री दाहालले २२ मन्त्री र ३ राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका हुन्।

images

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ। ८ मन्त्रालय कुन कुन हुने भन्ने टुंगो लगाउन बाँकी छ। प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसलाई उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, स्वास्थ्य र रक्षा मन्त्रालय दिन तयार भइसकेका छन्। बाँकी चार मन्त्रालय भने टुंगिन बाँकी रहेको छ। कांग्रेसले सञ्चार, उद्योग वाणिज्य,  पर्यटन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय समेत दावी गरेको छ। माओवादीले गृह मन्त्रालय लिएमा चारमध्ये एक मन्त्रालय कांग्रेसले पाउने निश्चित छ।  

images

त्यसैगरी माओवादी केन्द्रले ५ मन्त्रालय पाउने भएको छ। माओवादीले लिएकामध्ये केही मन्त्रालय साटफेर हुनसक्ने देखिएको छ। माओवादी अहिले भौतिक पूर्वाधार, सञ्चार, सामान्य प्रशासन र पर्यटन मन्त्रालय लिएको छ। त्यसका साथै एक राज्यमन्त्री माओवादीबाट नियुक्त भएका छन्। माओवादीले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिएको गृह मन्त्रालय लिने लगभग निश्चित छ। त्यसो हुँदा माओवादीले लिइरहेका मन्त्रालय हेरफेर हुने भएको छ।

images
images

त्यस्तै रास्वपा पनि सरकारमा सहभागी हुने भएको छ। तर उसले बैशाख १० गतेका उपचुनावपछि मात्रै मन्त्री पठाउने जानकारी प्रधानमन्त्री दाहाललाई दिएको छ। त्यतिबेलासम्म रास्वपाको भागमा परेको मन्त्रालय पनि प्रधानमन्त्रीले राख्ने भएका छन्।त्यस्तैगरी जनता समाजवादी पार्टी (जसपा) ले दुई मन्त्री पाउने भएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले भने २ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ।

त्यस्तै जनमत पार्टी एक मन्त्रीसहित सरकारमा सहभागी भइसकेको छ। त्यसका साथै नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई पनि एक मन्त्रालय दिने तयारी छ। प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका स्वतन्त्र सांसदहरूलाई पनि एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी भयो भने माओवादी वा कांग्रेसको एक मन्त्रालय घट्नेछ।

कांग्रेसबाट अर्थमन्त्री बन्न महत र चौधरीको दौडधुप

नेपाली कांग्रेसबाट अर्थमन्त्री बन्न दौड जारी छ। जसमा पार्टी प्रवक्ता प्रकाश शरण महत, सांसद विनोद चौधरी, डा. नारायण खड्का र ज्ञानेन्द्र कार्की रहेका छन्। ज्ञानेन्द्र कार्कीले भने पार्टी कोषाध्यक्ष दिएमा मन्त्री नलिने जानकारी सभापति शेरबहादुर देउवालाई दिएका छन्।

सभापति देउवाले कार्की र चौधरीमध्ये एकलाई मन्त्री र एकलाई कोषाध्यक्ष बनाउने तयारी गरेका छन्। विनोद चौधरीले पार्टीका दुवै समूह मिलाएका कारण पनि अर्थमन्त्रीमा बाजी मार्न सक्छन्। देउवाका निकट मानिएका महत अर्थमन्त्री बन्ने निश्चित भन्दै अर्थविदहरूसँग छलफल भने थालिरहेका छन्।

यता चौधरीले भने अर्थतन्त्र संकटमा रहेका बेला आफूलाई सम्हाल्न दिन आग्रह गर्दै आएका छन्। चौधरीले अर्का नेता शेखर कोइरालालाई अर्थमन्त्रीमा सहयोग गर्न आग्रह गरिहेका छन्। यता देउवालाई भने महत र चौधरी रोज्न हम्मे हम्मे परेको छ। ज्ञानेन्द्र कार्कीले समेत आफूलाई नबनाउने भए अर्थमन्त्री चौधरीलाई दिन लविङ गरिदिएका छन्। सोही कारण पनि महत र चौधरीको भिडन्त रोमाञ्चक देखिएको छ। 

प्रधानमन्त्री दाहालले देउवालाई अर्थतन्त्र संकटमा रहेकोले समन्वय गर्ने व्यक्तित्वलाई पठाइदिन आग्रह गरेका छन्। महत अलि रुखो स्वभावको भएको संकेत समेत प्रधानमन्त्री दाहालले देउवालाई गरेका छन्। यदि यस्तो समयमा राष्ट्र बैंक, अर्थ मन्त्रालय र व्यवसायीबीच समन्वय नभएमा अर्थतन्त्र जटिल बन्ने बुझाइ दाहालको छ। 

images

प्रकाशित : आइतबार, चैत १२ २०७९१२:०९

प्रतिक्रिया दिनुहोस