सोमबार, वैशाख १७ गते २०८१    
images
images

महासंघ निर्वाचनमा तीन गुट, स्वत: अध्यक्ष हुने ढकालको सहयोग कसलाई होला?

images
images
images
महासंघ निर्वाचनमा तीन गुट, स्वत: अध्यक्ष हुने ढकालको सहयोग कसलाई होला?
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधरण सभा तथा नेतृत्व चयनको महाधिवेशन यही चैत २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ। निर्चावन नजिकिँदै जाँदा व्यवसायीहरूको गुट निर्माण हुन थालेको छ।

images
images
images

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचन लड्नु पर्दैन। उनी ५७ औँ साधारण सभाबाट स्वत: अध्यक्ष हुने छन्। अहिलेको महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष जित्ने नै ६० औँ साधरण सभाबाट अध्यक्ष हुने हुँदा वरिष्ठमा उम्मेद्‍वारी घोषणा गरेकाहरू गुट बनाएर निर्वाचनमा जाँदैछन्।

images

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, ५४ औँ साधरण सभामा वस्तुगत उपाध्यक्षमा नै निर्वाचन हारेका उमेशलाल श्रेष्ठ र वर्तमान एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले वरिष्ठमा उम्मेद्‍वारी घोषण गरेका छन्।

images

अञ्जनले आफ्नो टिम तयार पारेर घोषणासमेत गरिसकेका छन्। अञ्जनको टिमबाट एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगतमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी रहेका छन्।

images
images

यसैगरी रामचन्द्र संघईले पनि गुट तयार गरिरहेका छन्। उनले वर्तमान कोषाध्यक्ष शकुन्तला हिराचनलाई वस्तुगत उपाध्यक्ष राखेर टिम तयार पार्दैछन्। हिराचनको इन्ट्रीसँग यसअघि संघईकै टिमबाट वस्तुगत उपाध्यक्ष लड्न तयार भएका सन्दीप अग्रवाल एशोसिएटबाट चुनाव लड्ने भएका छन्। त्यस्तै उनले जिल्लानगरमा सुरकृष्ण वैद्यलाई अघि सारेका छन्। संघईको जिल्ला नगर उपाध्यक्ष अझै निश्चित भइसकेको छैन।

अघिल्लो पटक वस्तुगत उपाध्यक्षमा निर्वाचन हारेका उमेशलाल श्रेष्ठले पनि टिम बनाउने तयारी गरिरहेका छन्। उमेशको टिमबाट जिल्लानगर उपाध्यक्ष वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ रहेका छन्। श्रेष्ठले एशोसिएट उपाध्यक्षमा भने भरत आचार्यलाई कुरिरहेका छन्।

आचार्यले भने अहिलेसम्म चुनाव लड्ने कि नलड्ने घोषणा औपचारिक रुपमा गरेका छैनन्। आचार्य अर्थतन्त्रमा आएको मन्दीका कारण व्यवसाय नै धरापमा भएको हुँदा सर्वसम्मत नेतृत्व चयन हुनु राम्रो भनिरहेका छन्। चन्द्र ढकाल कतै पनि नखुल्दा उम्मेद्‍वारी घोषणामा आचार्यलाई केही असहज भएको व्यवसायीहरू नै बताउँछन्। उमेशको टिमबाट वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल चुनाव लड्दैछन्। ढकाल चन्डी ढकालका भाइ हुन्। 

स्वत: अध्यक्ष बन्ने ढकालको साथ कसलाई?

वर्तमान वरिष्ठ उपाध्यक्ष ढकाल महाधिवेसनबाट स्वत: अध्यक्ष बन्ने छन्। स्वत: अध्यक्ष बन्ने ढकालले औपचारिक रुपमा आफ्नो समर्थन कसलाई हुने भनेर बोलेका छैनन्। यसअघि उनै टिमबाट एशोसिएट उपाध्यक्ष बनेका संघई तथा वस्तुगतमा निर्वाचन हारेका उमेशलाल श्रेष्ठ दुवैजना वरिष्ठ उपाध्यक्षको दौडमा छन्। तर ढकालले कसलाई सहयोग गर्ने बोलेका छैनन्।

ढकालले आफू कसैको पक्षमा पनि नखुल्ने र निर्वाचित भएर आएका साथीहरू नै आफ्नो टिम हुने बताउँदै आएका छन्। जसका कारण ढकालकै आश गरेर बसेका कतिपय व्यवसायीहरूले उम्मेद्‍वारी घोषणा गर्न सकेका छन्। तर स्रोतका अनुसार भरत आचार्यले एशोसिएटमा चुनाव लडेको खण्डमा आचार्य रहेको टिमलाई ढकालले सहयोग गर्न सक्ने आँकलन भइरहेको छ।

images

प्रकाशित : शुक्रबार, चैत १० २०७९०८:५५

प्रतिक्रिया दिनुहोस