बिहीबार , वैशाख २० गते २०८१    
images
images

१ अर्ब ७० करोड रुपैयाँको लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन निर्माण हुने

केही दिन भित्रै शिलन्यास हुने

images
images
images
१ अर्ब ७० करोड रुपैयाँको लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन निर्माण हुने
images
images

काठमाडौं- चितवनको भरतपुर विमानस्थलमा सुविधा सम्पन्न आधुनिक टर्मिनल भवन निमार्ण हुने भएको छ। २२ वर्ष अगाडि बनेको टर्मिनल भवन पुरानो भइसकेको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिलन भवन पुरानो भइसकेको र यात्रुको चापु थेग्न नसक्ने भएपछि नयाँ टर्मिलन भवन निर्माण गर्न लागेको हो। 

images

टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले सोमबार मात्रै निर्माण कम्पनीसँग सम्झौता गरेको हो। प्राधिकरणले  करबाहेक १ अर्ब ७० करोड रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरेको हो। निर्माण कम्पनीले ३ वर्षभित्र भवन निर्माण गरिसक्नु पर्ने गरी सम्झौता गरेको हो। 

images

निर्माणको जिम्मा केसी क्षमा देवी प्रतिष्ठा जेवीले पाएको छ। विमानस्थलमा सिवानी एयरको ह्याङगर रहेको ठाउँमा टर्मिनल भवन निर्माण हुने छ। ४ हजार ८ सय स्क्वायर मिटर क्षेत्रफलमा २ तले भवन निर्माण हुने छ। टर्मिनल भवनको कुल स्पेस भने ८ हजार स्क्वायर वर्ग मिटरभन्दा बढी हुने छ। भवनको शिलान्यास केही दिनभित्रै गर्ने तयारीसमेत भएको छ।

images
images

टर्मिनल भवन निर्माणमा आक्रामक प्राधिकरण

प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलमा रहेको पुराना टर्मिनल भवनको सट्टामा नयाँ सुविधासम्पन्न भवन बनाउने योजनाअनुसार धमाधम टर्मिनल भवन निर्माणको काम अगाडि बढाएको छ। प्राधिकरणले विराटनगर, नेपालगञ्ज, महेन्द्रनगर, रामेछाप विमानस्थलमा पनि भवन बनाउने उद्घोष गरिसकेको छ।

प्राधिकरणले अहिले नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन निर्माणको काम गरिरहेको छ। प्राधिकरणअन्तर्गतको नेपालगञ्ज विमानस्थलमा तीन अर्ब रूपैयाँको लागतमा नयाँ भवन निर्माणको काम सुरु भएको छ। नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालका अनुसार अहिले निर्माण कम्पनीले टर्मिनल भवन निर्माणको फाउन्डेसनको काम थालेको छ।

टर्मिनल भवन निर्माणको जिम्मा शर्मा एण्ड कम्पनीले पाएको छ। कम्पनीले अहिले टर्मिनल भवन निर्माणका काम थालनी गरिसकेको छ। विमानस्थल कार्यालयका अनुसार निर्माण कम्पनीले एउटा भवनको फाउन्डेसन निर्माणको काम ८० प्रतिशत गरिसकेको र २ वटाको भने फाउन्डेसनको काम सम्पन्न गरिसकेको छ।

फाउन्डेसन निर्माणको काम सकिएको भवनमध्ये एउटामा डण्डी कस्ने काम भइरहेको छ। निर्माण कम्पनीले तीन वर्षमा भवन निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने छ। नयाँ बन्ने भवनको क्षमतामा पिक आवरमा प्रतिघण्टा १६ सय यात्रु क्षमताको हुने छ। भवनमा बालबालिकाका लागि खेल्ने ठाउँसमेत निर्माण हुनेछ। भवन कुल १३ हजार १ सय ४४ वर्गमिटरमा निर्माण हुनेछ।

nepaljung.jpg

साथै पार्किङ, पहुँच मार्ग र ल्यान्ड स्केपिङ आदिको संरचना निर्माण हुने छ। आयोजनाको कुल लागत करसहित ३ अर्ब १ करोड रहेको छ। भवनमा व्यवसायिक प्रयोजनका लागि धेरै स्पेस गरिएको छ। भवन मूलतः आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ यात्रुलाई समेत सोही भवनबाट सुविधा दिन सकिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

यसैगरी प्राधिकरणले साढे २ अर्बको  लागतमा विराटनगरमा पनि नयाँ टर्मिनल भवन निर्माणको काम थालेको छ। विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल उड्डयन कार्यालयले कम्पनीसमेत छनोट गरिसकेको छ।

 टर्मिनल भवनको लागत करबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको छ। निर्माणको जिम्मा केसी/डाँफे जेभीले पाएको छ। टर्मिलन भवन १८ सय यात्रु क्षमताको हुनेछ। १६ हजार २ सय ७७ वर्गमिटरमा टर्मिनल भवन बन्ने छ। भवनको शिलन्यास संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किरातीले गरेका थिए।

biratnagar.jpg

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्राथना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हल लगायतको सुविधा सम्पन्न संरचना बन्ने छ। यो विमानस्थलमा बन्ने टर्मिनल भवन आन्तरिक विमानस्थलहरुमा रहेको भन्दै सबैभन्दा ठूलो भवन बन्ने छ।

images

प्रकाशित : शुक्रबार, चैत १० २०७९१२:०५

प्रतिक्रिया दिनुहोस