शनिबार, वैशाख ८ गते २०८१    
images
images

टिकटकमार्फत खाबी लिम कसरी चर्चित बने

images
बिजनेस न्युज
images
टिकटकमार्फत खाबी लिम कसरी चर्चित बने
images
images

काठमाडौं- खाबी लिम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्। अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लिमको नाम दर्ता भएको छ।

images
images
images

लिमको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गरिरहेका छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन्। लाखौँ व्यक्तिहरूले लिमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन्। अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याउने पहिलो व्यक्ति हुन्। अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन्।

images

खाबी लिम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन्। २१ वर्षीय लिमको अहिले इटलीमा बसाबास रहेको छ। एक कारखानामा मजदूरका रूपमा काम गर्ने लिमले कोभिड महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

images

लिमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नो रमाइलो भिडियो देखाउने गरेका छन्। बिनाकारण मानिसहरूले काम जटिल बनाएका छन् भनेर लिमले देखाउने गरेका छन्। तर भिडिओमा उनी बोल्दैनन्।

images
images

लिमको अनुहारको नाटकीय भाव र हात चलाउने तरिका देखेर मानिसहरू रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ। रासस/एएफपी

images

प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०८:४७
प्रतिक्रिया दिनुहोस