बिहीबार , वैशाख २० गते २०८१    
images
images

लय बिग्रिएको अर्थ मन्त्रालय सम्हाल्न कांग्रेसबाट को बन्ला प्रधानमन्त्री दाहालको सारथी?

images
images
images
लय बिग्रिएको अर्थ मन्त्रालय सम्हाल्न कांग्रेसबाट को बन्ला प्रधानमन्त्री दाहालको सारथी?
images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिँदै छन्। गएको पुस १० को राजनीतिक उथलपुथलले प्रतिपक्षमा पुगेको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस फागुन १० यता सत्तारुढ बन्ने वातावरण बनिसकेको छ।

images
images
images

राष्ट्रपति रामचन्द्र पौडेललाई बनाउन सफल कांग्रेसभित्र शुक्रबार उपाराष्ट्रपतिको चुनावसँगै मन्त्री छनोट गर्ने चटारोमा कांग्रेस छ। कांग्रेसको भागमा कम्तीमा एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री पर्ने निश्चित छ। कांग्रेसको सत्तारोहण तयारीसँगै मन्त्री बन्न कांग्रेसका सांसदहरूको दौडधुप सुरु भएको छ।

images

अर्थतन्त्रमा गम्भीर समस्याहरू देखिँदा अर्थमन्त्री कांग्रेसले पाउने निश्चित छ। प्रधानमन्त्री दाहाल नै कांग्रेसबाट अर्थमन्त्री आउँदा समन्वय गर्न सक्ने खालको व्यक्तित्व आउनेमा आशावादी छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइलालाई नै भेटेर समन्वय गर्न सक्ने व्यक्तित्व अर्थमन्त्रीमा पठाइदिन उनले आगह गरिरहेका छन्।

images

विवादमा नपरेका र समस्या पहिचान गर्ने खालका व्यक्तिलाई अर्थ मन्त्रालय सम्हाल्ने गरी पठाउन उनले आग्रह गरिरहेका छन्। कांग्रेसभित्रबाट जाने मन्त्रीबाटै प्रधानमन्त्री दाहालको सरकार सफलता वा असफलताको मापन हुने निश्चित छ। सोही कारण पनि प्रधानमन्त्री दाहालमा नै सरकार गठनमा छटपटी देखिएको हो। 

images
images

प्रधानमन्त्री दाहालले खासगरी नेपाल राष्ट्र बैंकलगायत नियामक निकायसँग उचित समन्वयमा काम गर्न सक्ने मात्रै होइन उद्योगी व्यवसायीको विश्वास जित्न सक्ने पात्र खोजिरहेका छन्। पछिल्लो समय उद्योगी व्यवसायी र बैंकिङ क्षेत्रबीच बढेको विवादलाई समन्वय गरेर समाधान गर्ने खालको नेतृत्व प्रधानमन्त्री दाहालले कांग्रेसबाट खोजिरहेका छन्। अर्कोतर्फ वैदेशिक लगानी आउनसमेत रोकिएको बेला उदारवादी अर्थतन्त्रको पक्षधर कांग्रेसबाटै सबल नेतृत्व अर्थमा होस् भन्ने दाहालको चाहना देखिन्छ।

केही दिनअगाडि नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले अर्थतन्त्रका विद्यमान समस्याका बारेमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल समेत गरेका थिए। भलै महामन्त्री थापाले आफू मन्त्री नबन्ने बताउँदै आएका छन्। तर, उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाउँदा जाने वा नजाने भन्ने विषयमा उनले केही बताएका छैनन्। कतिपयले उपप्रधानमन्त्रीसहित पद पाउँदा महामन्त्री थापा सरकारमा जाने आँकलनसमेत गरेका छन्। शेखर समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा.स्वर्णिम वाग्ले र प्रा.डा. गोविन्दराज पोखरेलसहितले अर्थतन्त्रका समस्या समाधानका विषयमा विचार विमर्ष गरिरहेका छन् भने उद्योगी व्यवसायी तथा बैंकरहरूले पनि वर्तमान अर्थतन्त्र र समाधानका विषयहरूमा सुझाव दिइरहेका छन्।  

प्रधानमन्त्री दाहाल लय बिग्रिएको अर्थ मन्त्रालय सम्हाल्ने व्यक्तिको खोजिमा छन्। कांग्रेसले पनि विषय विज्ञ, नयाँ र सार्वजनिक जीवनमा स्थापित भइसकेकाहरूलाई मन्त्री बनाउने तयारी पनि गरेको देखिन्छ। कांग्रेस सभापति पक्षधर भनेर चिनिएका डा. प्रकाशशरण महत, ज्ञानेन्द्र बहादुर कार्की र डा. नारायण खड्का अर्थमन्त्रीको दौडमा छन्। यता उद्योगी तथा सांसद विनोद चौधरी पनि अर्थमन्त्रीको दौडमा रहेका छन्। चौधरी कांग्रेसको दुवै खेमासँग नजिक छन्।

सरकारलाई पूर्णता दिने दिन नजिकिँदै जाँदा अन्य मन्त्रालयका विषयमा पनि रस्साकस्सी शुरु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालसँगै गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र बजगाईं पनि मन्त्रीको दौडमा रहेका छन्। कांग्रेसभित्र पनि बजगाईंको नाममा समस्या छैन। सभापति देउवा र नेता शेखर कोइराला दुवै बजगाईंप्रति सकरात्मक छन्। सांसद बजगाईंले उद्योग, वाणिज्य तथा आपूर्ति अथवा कुनै विकासे मन्त्रालयको जिम्मेवारीका लागि लविङ तीव्र पारेका छन्। 

नेपाली कांग्रेसबाट निर्वाचित सांसद सुनील शर्मा पनि मन्त्रीको दौडमा रहेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका शर्माले सोही क्षेत्रको जिम्मेवारीका लागि लबिङ गरेका छन्। उनीहरूबाहेक कांग्रेसबाट मन्त्रीका लागि सांसदहरू बद्री पाण्डे, जीवन परियार, एनपी साउद, रामहरि खतिवडा, प्रदीप पौडेल, उदयशमशेर राणा, प्रतिमा गौतम, सीता गुरुङ पनि दौडमा रहेका छन्। 

images

प्रकाशित : आइतबार, चैत ५ २०७९०७:२४

प्रतिक्रिया दिनुहोस