बिहीबार , वैशाख २० गते २०८१    
images
images

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

images
बिजनेस न्युज
images
images
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मत प्राप्त गरे। 

images
images

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्राे उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। 

images
images
images

शुक्रबार भएको निर्वाचनमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै यादव ३० हजार ३२८ मतसहित उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

images

उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मत प्राप्त गरे। 

images

संघीय संसद्का तीनसय ३२ सांसद र प्रदेशसभाका पाँचसय ५० प्रदेशसभा सदस्य मतदाता रहेकामा मतदानमा तीनसय ११ सांसद र पाँचसय १८ प्रदेशसभा सदस्य सहभागी थिए। २१ संघीय सांसद र ३२ प्रदेश सांसद अनुपस्थित रहे। 

images
images

उपराष्ट्रपतिमा निर्वाचित यादव गएको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०४६ पछि नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादव २०६४ मा पहिलो मधेस आन्दोलनपछि मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिव थिए।

२०६४ को संविधानसभा सदस्यमा फोरमको तर्फबाट निर्वाचित भएका उनी २०७४ मा संघीय सांसदमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। यादव २०७८ असोजमा वन तथा वातावरणमन्त्री समेत रहिसकेका छन्। 

images

प्रकाशित : शुक्रबार, चैत ३ २०७९१०:५८
प्रतिक्रिया दिनुहोस