शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ७ २०७८
images
images
बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा

सोलुदूधकुण्ड-३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका हुन्। यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उनी बेपत्ता थिए।

images
images

सोलखुम्बु- जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बन्नुभएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ। मेरापिक आरोहण सकेर फर्कने क्रममा ६ दिनदेखि बेपत्ता भएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो।

images
images
images

सोलुदूधकुण्ड-३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका हुन्। यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उनी बेपत्ता थिए। उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ।

एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन्। उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए। लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

images

अन्य तीनजनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन्। खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए।

images

बेपत्ता भएका अविवाहित शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ। उनीका साथमा एकजना भाइ छन्। भाइको समेत गत वर्ष मात्रै मिर्गाैला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ। छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८१३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend