बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

विश्व बजारमा महँगा फोन सार्वजनिक हुँदा व्यक्तिगतरूपमा नेपालमा धेरै मोबाइल भित्रिन्छन् 

images
बिहीबार , चैत २ २०७९
images
images
विश्व बजारमा महँगा फोन सार्वजनिक हुँदा व्यक्तिगतरूपमा नेपालमा धेरै मोबाइल भित्रिन्छन् 

विशेषगरि अमेरिकी कम्पनी एप्पलले आईफोनका नयाँ मोडल सार्वजनिक गरेको केही समयसम्म यसरी व्यक्तिगत रूपमा स्मार्टफोन धेरै भित्रिन्छन्। 

images
images

काठमाडौं- विश्व बजारमा महँगा ब्रान्डका स्मार्टफोन सार्वजनिक भएपछि विमानस्थलबाट भन्सार छुटमा नेपालमा धेरै मोबाइल भित्रिने गरेको पाइएको छ। 

images
images

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार विश्व बजारमा महँगा र ब्रान्डेड फोन सार्वजनिक भएको केही समय भन्सार छुटका मोबाइल धेरै भित्रिने गरेका छन्। 

images
images

विशेषगरि अमेरिकी कम्पनी एप्पलले आईफोनका नयाँ मोडल सार्वजनिक गरेको केही समयसम्म यसरी व्यक्तिगत रूपमा स्मार्टफोन धेरै भित्रिन्छन्। 

images
images

विमानस्थल भन्सार कार्यालय प्रमुख अरूण पोखरेलका अनुसार सधैँजसो व्यक्तिगत रूपमा स्मार्टफोन आउने प्रवृत्ति उस्तै छैन। उनका अनुसार नयाँ फोन सार्वजनिक भए वा नभएको कुराले त्यसमा फरक पार्छ। 

गत वर्ष चैतदेखि सरकारले निश्चित मूल्यभन्दा धेरै मूल्यका मोबाइल व्यापारिक रूपमा आयातमा प्रतिबन्ध लगाएपछि विदेशमा पाइने महँगा स्मार्टफोन धेरै आउने गरेपनि अहिले भने निश्चित इभेन्टमा त्यस्तो देखिन्छ। 

आईफोन तथा सामसङका नयाँ मोडल विश्व बजारमा सार्वजनिक भएपछि व्यक्तिगत रूपमा स्मार्टफोन ल्याउने तथ्यांक एक्कासी उकालो लाग्ने तर अन्य समयमा एउटै प्रवृत्ति देखिएको पोखरेलले जानकारी दिए। 

‘हामीले विगत केही समयदेखिको तथ्यांक हेर्दा यस्तो देखिन्छ। यद्यपि व्यक्तिगत फोनको लागत संकलन नगरेकाले ठ्याक्कै कति भन्ने त छैन तर प्रष्ट देखिन्छ’ उनले भने।

वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीहरूले भने सामान्य स्मार्टफोन ल्याउने गरेको कार्यालयको विश्लेषण छ। वैदेशिक रोजगारीमा गएर फर्किनेहरूले सामान्य एन्ड्रोइड स्मार्टफोन ल्याउने गरेका छन् तर युरोप तथा अमेरिका लगायतका देशबाट फर्किने नेपालीहरूले आइफोन तथा महँगा एन्ड्रोइड स्मार्टफोन ल्याउने गरेको कार्यालयका अधिकारीहरूको भनाइ छ। 

विदेशबाट फर्किएका नेपालीहरूका लागि एउटामात्र मोबाइल भन्सार छुटमा ल्याउन पाइने व्यवस्था रहेको छ। यद्यपि यात्रुको अवस्था तथा उसको परिवारको अवस्था हेरि भन्सार प्रमुखले निर्णय गर्नसक्ने व्यवस्था रहेको छ। 

यहि व्यवस्थाअनुसार भन्सारबाट सामान्यतया एउटा नयाँ र एउटा चलाएको मोबाइललाई भन्सार छुट दिने गरिएको छ। यद्यपि नियम पालना गर्न खोज्दा व्यापक विरोध भएको थियो। 


प्रकाशित : बिहीबार , चैत २ २०७९०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend