शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकको लाइसेन्स 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
images
एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकको लाइसेन्स 

मर्चेन्ट बैंकरको संख्या घटिरहेको बेला सेयर मार्केटका चर्चित लगानीकर्ताहरुको पहलमा एलिट क्यापिटल सञ्चालनमा आएको छ।

images
images

काठमाडौं- एलिट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकर लाइसेन्स पाएको छ। क्यापिटललाई धितोपत्र बोर्डले धिताेपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स दिएको हो। 

images
images
images

एलिट क्यापिटल लिमिटेड गत वर्ष स्थापना भएको थियो। क्यापिटलको अध्यक्ष अध्यक्ष दिनेश आचार्य रहेका छन्। क्यापिटलले लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डीपी खाता सञ्चालन सेवा प्रदान गर्ने तयारी गर्नेछ। 

images
images

वाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ। सिभिल क्यापिटल, सेन्चुरी क्यापिटल, एनबी क्यापिटल, बीओके क्यापिटल, जनता क्यापिटल, समृद्धि क्यापिटल, कृति क्यापिटल र मेगा क्यापिटल मर्जर भएर खारेजीमा गैसकेका छन्। मर्चेन्ट बैंकरको सङ्ख्या घटिरहेको बेला सेयर मार्केटका चर्चित लगानीकर्ताहरुको पहलमा एलिट क्यापिटल सञ्चालनमा आएको छ।

images
images
images


प्रकाशित : बुधबार, चैत १ २०७९०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend