आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मादी नदी नियन्त्रण : पहिलो ‘प्याकेज’ को काम सुरू

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
मादी नदी नियन्त्रण : पहिलो ‘प्याकेज’ को काम सुरू

नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा २८ करोड रूपैयाँ लागत अनुमान रहेकामा प्रदेश सरकारको १७ करोड रूपैयाँ विनियोजन गरेपछि निर्माण थालिएको हो। 

images
images

तनहुँ- गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरू भएको छ। 

images
images
images

अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका-६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन बालसहितको बाँध निर्माण थालिएको हो। नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा २८ करोड रूपैयाँ लागत अनुमान रहेकामा प्रदेश सरकारको १७ करोड रूपैयाँ विनियोजन गरेपछि निर्माण थालिएको हो। 

images
images

उक्त कार्यका लागि कम्पनी सिद्धान्त अमनले ठेक्का सम्झौता गरी काम सुरू गरेको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए। दोस्रो प्याकेजअन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिनेछ। दोस्रो प्याकेजको निर्माण कार्य पनि छिट्टै सुरू गर्ने गरी एमआर ग्रुपले ठेक्का सम्झौता गरेको उनले बताए। 

images
images

त्यसैगरी, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादीनदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ। पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास-३ स्थित मादीपुलदेखि मादीनदी किनारमा करिब दुई सय ५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरेको हो। 

यस आवको असार मसान्तभित्र सम्पन्न गर्ने गरी गत वर्ष एमआर ग्रुप चितवनले निर्माणको जिम्मा पाएको हो। गण्डकी प्रदेश सरकारले दुई करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेपछि निर्माण कार्य भइरहेको छ। निर्माण  अन्तिम चरणमा पुग्दा पनि बजेट निकासामा ढिलाइ हुँदा हालसम्म २० लाख रूपैयाा मात्रै भुक्तानी गर्न सकिएको उनले बताए। समुन्द्री सतहबाट चार मिटर उचाइको ‘ग्याबिन वाल’ लगाइएको छ। रासस  


प्रकाशित : बुधबार, चैत १ २०७९०७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend