शनिबार, साउन १२ गते २०८१    
images
images
images

समान बुझाइ निर्माणका लागि ‘काठमाडौं उपत्यकाका उपप्रमुख सञ्जाल’ गठन

images
बुधबार, चैत १ २०७९
images
images
समान बुझाइ निर्माणका लागि ‘काठमाडौं उपत्यकाका उपप्रमुख सञ्जाल’ गठन

पालिकाले उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित विषयमा क्षमता विकास गर्न, आपसी सीप र हित आदानप्रदान गर्न हरेक पालिकाले योजना र कार्यक्रम तर्जुमा गर्नुपर्नेमा उपत्यकाको उपप्रमुखहरूको जोड छ।

images

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आज ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन गरिएको छ।

images
images

‘कानूनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदानप्रदान गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको बताइएको छ।

images

सञ्जालले सामूहिक प्रयत्नमा क्षमता विकास र कानूनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्ने कार्यवाहक प्रमुख समेत रहेकी डङ्गोलले बताइन्। पालिकाले उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित विषयमा क्षमता विकास गर्न, आपसी सीप र हित आदानप्रदान गर्न हरेक पालिकाले योजना र कार्यक्रम तर्जुमा गर्नुपर्नेमा उपत्यकाको उपप्रमुखहरूको जोड छ।

उपप्रमुखलाई प्राप्त कानूनी जिम्मेवारी पूरा गर्न संस्थागत संरचना, कानूनी क्षमताको अभावजस्ता समस्या छन्। काम गर्दागर्दै कही आफैँ मुद्दा मामिलामा पर्ने सम्भावना पनि छ। यस्ता साझा समस्यालाई साझा प्रयत्नबाट समाधान गर्न सञ्जालको ठूलो भूमिका रहने आज भएको बैठकमा उपत्यकाका उपप्रमुखको भनाइ छ।  

images

सञ्जालको बैठक हरेक महिना बस्ने निर्णय भएको छ। आगामी बैठक बैशाख १५ गते बुढानिलकण्ठ नगरपालिकाले आयोजना गर्नेछ। उपप्रमुख/उपाध्यक्षहरुको कानूनी दायित्व र सञ्जाल गठनसम्बन्धी प्रस्तुति गर्दै बैठकमा कामपाका निर्देशक वसन्त आचार्यले न्याय सम्पादन, अनुगमन तथा सुपरीवेक्षण, गैरसरकारी सङ्घ संस्था परिचालन तथा समन्वय, नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुका विषयमा आपसी सम्बन्ध देखाएका थिए। राजस्व परामर्श समिति, नगरसभा र कार्यपालिकाबाट गठन गरिएका विषयगत समितिका बीचमा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी प्राप्त गरेका उपाध्यक्ष/उपप्रमुखहरु बीचको सञ्जालले कार्य दक्षता र नेतृत्व विकासमा टेवा पुग्ने आचार्यको भनाइ छ। 

काठमाडौं उपत्यकामा दुई महानगरपालिका, १६ नगरपालिका र तीन  गाउँपालिकासहित २१ स्थानीय तह रहेका छन्।

बैठकमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, टोखाका उपप्रमुख मुरारी तामाङ, नागार्जुन नगरकी उपप्रमुख सुशीला अधिकारी, कागेश्वरी मनोहरा नगरकी उपप्रमुख शान्ता थापा, चन्द्रागिरि नगरकी उपप्रमुख वसन्ती श्रेष्ठ सहभागी थिए। गोकर्णेश्वरकी उपप्रमुख सान्नानी लामा, तारकेश्वरकी उपप्रमुख सिर्जना बुर्लाकोटी, मध्यपुर थिमीका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, सूर्य विनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराई उपस्थित थिए। ललितपुरको महांकाल गाउँपालिकाबाट उपाध्यक्ष डोल्मा माया गोले सहभागी थिइन्।


प्रकाशित : बुधबार, चैत १ २०७९०७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend