काठमाडौं- यो साता लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्य बुधबार स्थिर छ।
दुई दिनमा २३ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार १६ सय रूपैयाँले बढेको थियो। मंगलबार छापावाल सुनको मूल्य एक लाख पाँच हजार सातसय रूपैयाँ र तेजाबी सुनको मूल्य एक लाख पाँच हजार दुईसय कायम थियो। आज पनि साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो कारोबारमा आइतबार प्रतितोला १७ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार ६ सय रूपैयाँले वृद्धि भएको थियो। आइतबार प्रतितोला एक लाख ३ हजार पाँचसयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक लाख ४ हजार एकसय कायम थियो। सोमबार तेजाबी सुनको मूल्य एक लाख ३ हजार ६ सय कायम थियो जसको मूल्य आइतबार एक लाख ३ हजार कायम थियो।
मंगलबार एक हजार ३ सय रूपैयाँ तोकिएको चाँदी आज पनि साेही मूल्यमा कारोबार भइरहेको छ।