शनिबार, वैशाख १५ गते २०८१    
images
images

सहकारी व्यवस्थापनसम्बन्धी एमबीए कार्यक्रम सुरू गर्दै त्रिभुवन विश्वविद्यालय 

images
images
images
सहकारी व्यवस्थापनसम्बन्धी एमबीए कार्यक्रम सुरू गर्दै त्रिभुवन विश्वविद्यालय 

विश्वविद्यालयले सहकारी महासंघसँगको सहकार्यमा यो कोर्स डिजाइन गरेको हो। सहकारी व्यवस्थापनका लागि आवश्यक जनशक्ति तयार पार्नका लागि कोर्स डिजाइन गरिएको हो।

images
images

काठमाडौं‍- त्रिभुवन विश्वविद्यालयले सहकारी र उद्यमशीलतासम्बन्धी पाठ्यक्रम अध्ययन गराउने भएको छ। विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागले सहकारी र उद्यमशीलतासम्बन्धी विषयका लागि पाठ्यक्रम तयारसमेत पारिसकेको छ। 

images
images
images

व्यवस्थापन केन्द्रीय विभागले स्नातकोत्तरमा सहकारी व्यवस्थापनसम्बन्धी अध्यापन गराउने भएको हो। 'एमबीए इन कोअपरेटिभ एण्ड  इन्टरप्रेनरसिप डेभलपमेन्ट' कार्यक्रम सञ्चालन गर्नका लागि व्यवस्थापन केन्द्रीय विभागले सबै तयारी पूरा गरिसकेको छ। 

images

त्रिभुवन विश्वविद्यलय व्यवस्थापन केन्द्रीय विभागका निवर्तमान प्रमुख प्राध्यापक रामजी गौतमका अनुसार यसका लागि पाठ्यक्रम तयार भइसकेको छ। विद्यार्थी कोटा तथा अन्य सबै प्राविधिक तयारी पूरा भएको उनले जानकारी दिए। 

images

‘हमीले यसका लागि सबै प्राविधिक तयारी पूरा गरिसकेका छौँ। आगामी शैक्षिकसत्रदेखि नै विद्यार्थी भर्ना खुला हुन्छ’ गौतमले भने। 

images
images

विश्वविद्यालयले सहकारी महासंघसँगको सहकार्यमा यो कोर्स डिजाइन गरेको हो। सहकारी व्यवस्थापनका लागि आवश्यक जनशक्ति तयार पार्नका लागि कोर्स डिजाइन गरिएको गौतमले जानकारी दिए। 

तर यो कोर्स अध्ययन गर्ने विद्यार्थीका लागि सहकारीमात्र अध्ययनको विषय भने हुने छैन। यसमा सहकारीसँगे उद्यमशीलता विकास र अन्य साधारण व्यवस्थापनका विषयवस्तु पनि समावेश हुनेछन्। 

समग्रमा ६० प्रतिशत सहकारी र ४० प्रतिशत युनिभर्सल व्यवस्थापनका विषयवस्तुसहितको कोर्स डिजाइन गरिएको छ। ‘यसबाट कुनै पनि विद्यार्थीका लागि सहकारीसँगै अन्य संस्थामा पनि जानका लागि बाटो खुला होस् भनेर यसो गरिएको हो’ गौतमले भने। 

आगामी शैकिकसत्रदेखि यो कोर्सका लागि विभागले विद्यार्थी भर्ना लिने छ। शैक्षिक शुल्क भने विश्वविद्यालयको मापदण्डअनुसार नै तय हुनेछ। यो कोर्सका लागि एउटा सेमेस्टरमा ३५ जना विद्यार्थी भर्ना लिइने छ। अहिलेका लागि यो कार्यक्रम केन्द्रीय विभागले नै सञ्चालन गर्ने छ। अहिले नै सहकारीमा काम गरिरहेकाहरू तथा नयाँ विद्यार्थी लक्षित यो कोर्सबाट सहकारी व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन हुने विश्वास गौतमको छ। 

नेपालमा सहकारीको संख्या प्रत्येक गाउँपालिका तहसम्म विस्तार भएपनि यसको व्यवस्थापनमा समस्या देखिएको छ। सानादेखि ठूलासम्मका सहकारी व्यवस्थापनमा समस्या उत्पन्न हुँदा सहकारीको लक्ष्यअनुसार परिणाम नआएको सरोकारवालाहरूले बताउँदै आएका छन्। 

ठूलो वित्तीय स्रोतको परिचालनमात्र नभएर व्यवस्थापन पनि गर्दै आएका सहकारीका लागि विशेष दक्षतासहितको व्यवस्थापन हुनुपर्ने भएपनि विश्वविद्यालयमा समग्र व्यवस्थापन र त्यसमा पनि बैंकिङ प्रणाली केन्द्रित रहेकाले सहकारीका लागि पनि पहल गरिएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बताए। 

विभिन्न विश्वविद्यालय तथा शैक्षिक निकायमा सहकारीका बारेमा साक्षरतामात्र नभएर व्यवस्थापकीय सीप पनि आवश्यक हुने भएकाले महासंघले पहलकदमी अघि बढाएको कँडेलको भनाइ छ। 

‘महासंघको तर्फबाट हामीले विगत लामो समयदेखि यो कामका लागि घचघच्याउँदै आएका थियौँ। अन्तत: हामी सफल भएका छौँ विश्वविद्यालयले अब आउने सत्रबाट भर्ना लिँदैछ’ उनले भने। 

यसको अध्ययन सुरू भएपछि सहकारीको व्यवस्थापनका लागि कुसल जनशक्तिको सहज आपूर्ति हुने उनको भनाइ छ। 

संविधानले अर्थतन्त्रको तेस्रो खम्बा मानेको मात्र नभइ देशमा खर्बौंको स्रोत व्यवस्थापन गर्ने गाउँ गाउँसम्म रोजगारी सिर्जना गर्ने क्षेत्रको व्यवस्थापन खाली तालिमकै भरमा हुन नहुने भन्दै महासंघले विगत लामो समयदेखि लबिङ गर्दै आएको थियो। 

महासंघले अरू विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक अध्ययनमा सहकारीलाई समेट्न पहल गरेको कँडेलले जानकारी दिए। अहिले पूर्वाधार विश्वविद्यालयले एमबीए ईन कोअपरेटिभ एण्ड सोसल इन्टरप्रेनरसिप डेभलपमेन्ट कार्यक्रमका लागि कोर्स विकास गरिरहेको कँडेलले बताए। 

त्यस्तै महासंघकै पहलमा काठमाडौं विश्वविद्यालयले विभिन्न प्रदेशमा गएर अर्थतन्तमा सहकारीको प्रभावका बारेमा अध्ययन गरेको थियो। त्यस्तै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा महासंघले तीन महिने तालिम पनि सुरू गरेको छ। सहकारी व्यवस्थापन तथा सञ्चालनका लागि सुरू भएको यो तालिममा अहिले २२ जना सहभागी रहेको कँडेलले जानकारी दिए। 

images

प्रकाशित : बुधबार, चैत १ २०७९०१:४२

प्रतिक्रिया दिनुहोस