आइतबार, भदौ २३ गते २०८१    
images
images

पुरानै स्थितिमा आउँदै छ तनहुँको पर्यटन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ७ २०७८
images
images
पुरानै स्थितिमा आउँदै छ तनहुँको पर्यटन

अहिलेको याममा बिहानको सूर्योदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका-५ मानुङकोट उक्लिन थालेका देखिन्छन्।

images
images

दमौली- कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन  थालेको छ। लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो। कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यसबाट व्यवसायीहरू पनि आशावादी हुुन थालेका छन्।

images
images
images

अहिलेको याममा बिहानको सूर्योदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका-५ मानुङकोट उक्लिन थालेका देखिन्छन्। पछिल्लो केही दिनयता दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। 'बिहानको सूर्योदय र कुहिराले ढाकिएको दमौलीको दृश्य अवलोकनका  साथै दिउँसोका समयमा हिमशृङ्खला हेर्न पनि पर्यटकको आगमन बढेको छ', उनले भने, 'राति बास बस्नेको सङ्ख्या पनि उत्तिकै छ।'

गत वर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो। गत वर्षको कात्तिकमा एकैदिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए। दमौली बजारले कुहिराको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायीत आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन्। 'अहिले दसैँपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ', स्थानीय व्यवसायी रेवती आलेले भने, 'पर्यटक बढेसँगै यहाँको व्यवसाय पनि बढेको छ।' मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन्। 

यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ। साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लङ्ग देखिन्छ। मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेको छ। केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ।

images

जिल्लाको अर्को पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ। दसैँ बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन्। कोरोनाका कारण दुई वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए। 

सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए। 'दुई वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ', सचिव पौडेलले भने, 'यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ।' 

होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए। अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुनसक्ने उहाँको भनाइ थियो।

बन्दीपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन्। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी छ। यहाँ होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छ। 

यसैगरी म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ। यहाँ दैनिक १०० भन्दाबढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए। 

भिमाद नगरपालिका-९ मोहोरियास्थित अग्लो ढुङ्गामा पनि आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ। अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको स्थानीयवासी शिवकुमार आलेले बताए। घाङ्च ल्हुम भनेको मगर भाषामा अग्लोे ढुङ्गा हो। मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्वकालदेखि नै थिए। झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए। अहिले तिनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०७:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend