आइतबार, भदौ २३ गते २०८१    
images
images

सुदूरपहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरु, कुन गन्तव्यमा कति छ भाडा? 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ७ २०७८
images
images
सुदूरपहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरु, कुन गन्तव्यमा कति छ भाडा? 

एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।

images
images

गोदावारी- नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर निर्धारण गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले  हवाई सेवा सञ्चालनका लागि भाडादर निर्धारण गरेको हो ।

images
images
images

धनगढीबाट डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५, धनगढीबाट बझाङ तीन हजार ९९५ र बझाङबाट धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। 

यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उनको भनाइ छ । उनका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ ।
nacsudur.jpg

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने त्यहाँका बासिन्दाको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।

images

पहाडी जिल्लमा हवाइ सेवा सञ्चालन हुने भएपछि गत असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा अध्ययनरत विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सहज हुने जनाइएको छ । रासस


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend