आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सरकार बनाउन देउवाको टेको पाएका दाहालले अर्थतन्त्र सम्हाल्न खोज्दैछन् कोइराला समूहको साथ

कांग्रेसबाट मन्त्री बन्न को को छन् दौडमा?

images
शुक्रबार, फागुन २६ २०७९
images
सरकार बनाउन देउवाको टेको पाएका दाहालले अर्थतन्त्र सम्हाल्न खोज्दैछन् कोइराला समूहको साथ
images
images

काठमाडौं-  गएको पुस १० को राजनीतिले प्रतिपक्षमा पुगेको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस फागुन १० यता सत्तारुढ बन्ने वातावरण बनिसकेको छ। कांग्रेसको भागमा कम्तीमा एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री पर्ने निश्चित छ। कांग्रेसको सत्तारोहण तयारीसँगै मन्त्री बन्न कांग्रेसका सांसदहरूको दौडधुप सुरु भएको छ।

images
images
images

केही दिनअगाडि नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले अर्थतन्त्रका विद्यमान समस्याका बारेमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरे।

images
images

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. स्वर्णिम वाग्ले र प्रा डा गोविन्दराज पोखरेल पनि सहभागि थिए। उद्योगी व्यवसायी तथा बैंकरहरू पनि सहभागि कार्यक्रममा मुलुकको अर्थतन्त्रको बारेमा गम्भिर छलफल गरेका थिए। भने व्यवसायीहरूले दर्जनौ सुझाव दिएका थिए। अर्थतन्त्र अप्ठ्यारोमा परेकाले त्यसको समाधानको उपाय पहिल्याउने प्रयासस्वरूप छलफल आयोजना गरेको नेता कोइरालाले बताएका थिए। 

images
images

एमाले सरकारबाट बाहिरिएको छ भने कांग्रेस सत्तारोहणको तयारीमा छ। बिहीबार भएको राष्ट्रपति चुनावमा कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्।

कांग्रेस सत्तामा जाँदै गर्दा अर्थ मन्त्रालयसहित ८ वटा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लय बिग्रिएको अर्थ मन्त्रालय सम्हाल्ने व्यक्तिको खोजिमा छन्। कांग्रेस सभापति पक्षधर भनेर चिनिएका डा. प्रकाश शरण महत र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्रीको दौडमा छन्। यता उद्योगी तथा सांसद विनोद चौधरी पनि अर्थमन्त्रीको दौडमा रहेका छन्। चौधरी खासगरी कांग्रेसको दुवै खेमासँग नजिक छन्। 

यता शेखर समूहबाट अर्थमन्त्री पाएमा महामन्त्री गगन थापा नै सरकारमा जाने दौडमा रहेका छन्। जसका लागि उनले विज्ञहरूसँग छलफलसमेत गरिरहेका छन्। प्रधानमन्त्री दाहाल पनि थापालाई सरकारमा सहभागी गराउन चाहान्छन्। जसमा अर्थ मन्त्रालय नै सम्हाल्दा विज्ञ र व्यवसायीको साथ सरकारलाई हुने ठहर दाहालको छ।

सोही कारण पनि देउवा खेमाबाट उपप्रधानमन्त्री पाउँदा कोइराला समूहले अर्थ मन्त्रालय ताकेको छ। यता विनोद चौधरीले भने कोइराला र देउवालाई भेटेर अर्थतन्त्र सम्हाल्ने खाका नै प्रस्तुत गरेका छन्। 

मन्त्री बनाउन देउवा र काेइरालालाई हम्मे 

कांग्रेसले विषय विज्ञ, नयाँ र सार्वजनिक जीवनमा स्थापित भइसकेकाहरूलाई मन्त्री बनाउने तयारी गरेको छ। विनोद चौधरीसँगै राजेन्द्र बजगाईं र सुनील शर्मा मन्त्री बन्ने दौडमा रहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँगै गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् राजेन्द्र बजगाईं पनि मन्त्रीको दौडमा रहेका छन्।

कांग्रेसभित्र पनि बजगाईंको नाममा समस्या छैन। सभापति देउवा र नेता शेखर कोइराला दुवै बजगाईंप्रति सकरात्मक छन्। सांसद बजगाईंले उद्योग, वाणिज्य तथा आपूर्ति अथवा कुनै विकासे मन्त्रालयको जिम्मेवारीका लागि लविङ तीव्र पारेका छन्। 

नेपाली कांग्रेसबाट निर्वाचित सांसद सुनील शर्मा पनि मन्त्रीको दौडमा रहेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका शर्माले सोही क्षेत्रको जिम्मेवारीका लागि लविङ गरेका छन्। उनीहरूबाहेक कांग्रेसबाट मन्त्रीका लागि सांसदहरू बद्री पाण्डे, जीवन परियार, एनपी साउद, रामहरि खतिवडा, प्रदीप पौडेल, उदयशमशेर राणा, प्रतिमा गौतम, सीता गुरुङ पनि दौडमा रहेका छन्। 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend