शनिबार, साउन १२ गते २०८१    
images
images
images

'सिक्स जी'सँगै फेरिनेछ इन्टरनेटमा नयाँ युग 

images
बिहीबार , फागुन २५ २०७९
images
images
'सिक्स जी'सँगै फेरिनेछ इन्टरनेटमा नयाँ युग 
images

काठमाडौं- टेलिकम्युनिकेसन र टेक्नोलोजीमा काम गरिरहेका विश्वका ठूला कम्पनीहरूले सन् २०३० भित्र मोबाइल इन्टरनेटमा 'सिक्स जी' सुरु गर्ने तयारी गरिरहेका छन्। तर उनीहरूले कामको निचोड निस्कनुअघि उपभोक्ताहरूमा दुविधा हुनेगरी हल्लाखल्ला गर्न नहुनेतर्फ पनि सचेत गराएका छन्। 

images
images

पछिल्लो समय 'फाइभ जी'मार्फत इन्टरनेटका दुनियाँमा नयाँ अभ्यासहरू भइरहँदा त्यसभन्दा पनि थप परिष्कृत प्रणाली विकास गर्नेतर्फ अनुसन्धानहरू भइरहेका छन्। फाइभ जीमा नै पनि हुनसक्ने जति विस्तृत काम भइनसकेको बताइरहँदा त्यसबाट अघि बढ्ने प्रयास भइरहेका हुन्। 

images

यसैले अनुसन्धानमा लागिरहेका कतिपयले भने अहिले नै सिक्स जीका बारेमा कुराकानी गर्न हतारो हुने बताएका छन्। गएको हप्ता स्पेनको बार्सिलोनामा भएको विश्वकै ठूलो मोबाइल इन्डस्ट्री ट्रेड शो 'मोबाइल वर्ल्ड कंग्रेस'मा पनि सिक्स जीका बारेमा निकै कुराकानी भएका थिए। 

चीन, दक्षिण कोरिया र अमेरिकामा २०१९ यता फाइभ जीमा राम्ररी कामहरू सुरु भएका हुन्। फोर जीको सुविधायुक्त तीव्र इन्टरनेट सेवाबाट फाइदा लिइरहेकाहरूले फाइभ जीमा काम सुरु गरेका थिए। तर पनि उपभोक्तासम्म जसरी पुग्नुपर्ने हो त्यसमा कम्पनीहरूले चित्त बुझाएका छैनन्। स्ट्राटेजी एनालिटिक्सका अनुसार अहिले विश्वमा सातमध्ये एक व्यक्तिले फाइभ जी स्मार्टफोनको प्रयोग गर्ने गरेका छन्। 

images

हुन त फाइभ जी टेक्नोलोजीलाई टेलिकम्युनिकेसन कम्पनीहरूले उपभोक्ताका लागि तीव्र डाउनलोड स्पिड हेरेर मात्रभन्दा पनि प्रविधिको भिन्न प्रयोगका रुपमा पनि काम गरिरहेका हुन्। त्यसलाई ड्राइभरबिनाको कारमा भइरहेका काम र उड्ने ट्याक्सीमा भइरहेका कामसँग पनि तुलना गरेर हेरिएको छ। 

फाइभ जी नेटवर्कमा सयौँ बिलियन डलर खर्च भइरहँदा त्यसबाट प्रतिफल कति भइरहेको छ भन्नेमा पनि कम्पनीहरूले सोच्न थालेका छन्। त्यसलाई आम्दानीको राम्रो माध्यमका रुपमा विकास गर्नका लागि थप काम गर्नेतर्फ पनि अनुसन्धानहरू भइरहेका छन्। 

विश्वका धेरै देशहरूमा अहिले फाइभ जीमा राम्ररी कामहरू भइरहेका छन्। भारतजस्ता केही देशले त फाइभ जीमा तीव्र काम गरिरहेका छन्। फाइभ जीमा नै थप काम गर्नुपर्ने आवश्यकताअनुसार कम्पनीहरू लागिरहँदा पुन: नयाँ बाटोमा बढ्नेगरी सिक्स जीको चर्चा भइरहेको देखिन्छ। 

टेलिकम्युनिकेसन नेटवर्कमा स्तरीय हुनु प्रमुख माग रहन्छ। विश्वव्यापी रुपमा स्वीकार गरिएका टेक्निकल नियमहरूका आधारमा टेक्नोलोजीको काम कसरी हुनुपर्छ भन्ने मापन गरिएका हुन्छन्। त्यसमा दुई वा दुईभन्दा बढी सिस्टमले सँगै काम गर्नसक्ने गरी प्रविधि विकास भइरहेका हुन्छन्। नयाँ चरणको काम स्वीकार्य हुनका लागि त्यसमा लामो समयको अनुसन्धान र प्रयोगहरू भएका हुन्छन्। 

धेरै विषय अनुसन्धानकै चरणमा रहेकाले सिक्स जीको स्तरीय मापदण्डहरू अहिले नै निश्चित भइसकेका छन्। सिक्स जी कनेक्टिभिटीको पिक डाटा स्पिड एक हजार गिगाबिट प्रतिसेकेण्ड हुने अपेक्षा गरिएको छ। यो स्पिड फाइभ जीको भन्दा ५० गुणा धेरै हो। फाइभ जीको पिक डाटा स्पिड २० गिगाबिट प्रतिसेकेण्ड रहेको छ। 

मोबाइल नेटवर्कमा विशेष गरी साइबर सेक्युरिटीका विषयहरूलाई पनि सिक्स जीले समेट्ने गरी कामहरू भइरहेका छन्। त्यसमा आर्टिफिसियल इन्टेलिजेन्सका विषयहरूलाई पनि ध्यानमा राखिने भएका छन्।

सिक्स जीले गतिमा रहेको वस्तुको पनि आकार, गति र दिशा थाहा पाउन सक्नेगरी लार्ज सेन्सरमा काम गर्ने बताइएको छ। जसले ड्राइबरबिनाका सवारीमा भइरहेका कामलाई पनि सहयोग गर्नेछ। 


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend