आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

अन्नमा आधारित पूरक बाल आहारमा लिडको मात्रा प्रतिकिलोग्राम ०.२ मिलिग्राम भन्दा बढी राख्न नपाइने

images
सोमबार, फागुन २२ २०७९
images
अन्नमा आधारित पूरक बाल आहारमा लिडको मात्रा प्रतिकिलोग्राम ०.२ मिलिग्राम भन्दा बढी राख्न नपाइने
images
images

काठमाडौं- सरकारले अन्नमा आधारित पूरक बाल आहारमा शिशा (लिड)को मात्रा प्रतिकिलोग्राम ०.२ मिलिग्राम भन्दा बढी गर्न नपाउने गरी नयाँ मापदण्ड जारी गरेको छ।

images
images
images

 सरकारले ६ देखि ३६ महिनासम्मको बालबालिकाले प्रयोग गर्ने अन्नबाट बनेको बाल पूरक आहारमा के कस्ता वस्तुको मिश्रण कति राख्ने सम्बन्धमा मापदण्ड जारी गर्दै राजपत्रमा सूचना जारी गरेको छ।

images
images

 कृषि तथा पशुपन्छी मन्त्रालयले खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गर्दै खाद्य गुणस्तर निर्धारण सम्बन्धमा यसअघि जारी गरेको आदेशमा परिमार्जन गरेको हो।

images
images

मन्त्रालयले कन्टामिनेन्ट्स, टक्सिन्स् तथा जीवनाशक विषादीको अवशेष लगायतका अन्य हानिकारक तत्वहरुको अवशेषको अधिकतम मात्राका लागि नयाँ मापदण्ड जारी गरेको हो।

जसमा हेभि मेटल अन्तर्गत लिडको मात्रा प्रतिकिलोग्राम ०.२ मिलिग्राम, आर्सेनिक प्रतिकिलोग्राम ०.०५ मिलिग्राम, क्याडमियम प्रतिकिलोग्राम ०.१ मिलिग्राम र टिन प्रतिकिलोग्राम ५  मिलिग्राम भन्दा बढी  गर्न नपाइने गरी सरकारले नयाँ मापदण्ड जारी गरेको हो।

यसैगरी टक्सिन्स  मादण्ड अन्तर्गत अफ्लाटक्सिन बी-१ प्रतिकिलोग्राम ५ माइक्रोग्राम र डिअक्सिनाईभालेनोल प्रतिकिलोग्राम २०० माइक्रो ग्राम भन्दा बढी हुन नहुने उल्लेख गरेको छ।

सुक्ष्मजैविक मादण्डमा

 - व्याक्टेरिया गणना १० हजार सिएफयू प्रतिग्राम भन्दा बढी गर्न नपाइने।

- ईकोलाई प्रति ०.१ ग्राममा अनुपस्थित हुने पर्ने।

- इन्ट‍ेरोव्याक्टेरियासी प्रति १० ग्राममा अनुपस्थित हुन पर्ने।

- यिष्ट र मोल्ड गणना प्रति ०.१ ग्राममा अनुपस्थित हुन पर्ने।

- स्टाफाईलोकोकस ‍औरियस प्रति ०.१ ग्राम अनुपस्थित हुन पर्ने।

- बेसिलस सेरियस प्रति ०.१  ग्राममा अनुपस्थित हुन पर्ने।

- साल्मोनेला प्रति २५ ग्राममा अनुपस्थित हुन पर्ने।

प्याकेजिङ एवं लेबलिङ मापदण्ड

- अन्नमा आधारित पुरक बाल आहारलाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा शिलबन्दी गरी प्याक गर्नु पर्ने।

- अन्नमा आधारित पुरक बाल आहारको लागि प्रयोग गरिने प्याकेजिङ तथा लेबलिङ आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुको प्याकेजिङ तथा लेबलिङसँथ नझुकिने गरी भिन्न किसिमको हुनु पर्ने।

- अन्नमा आधारित पुरक बाल आहार ६ देखि ३६ महिनाको उमेर समूहका लागि प्रयोग गर्न मिल्ने भन्ने व्यहोरा लेबलमा स्पष्ट देखिने गरी अघिल्लो भागमा उल्लेख गर्नु पर्ने।

- लेवलमा अघिल्लो खाद्य पदार्थ बच्चालाई खुवाउनु अघि तयार गर्ने उपयुक्त विधि र उपभोग विधि बारे आवश्यक जानकारी सजिलैसँग बुझ्न सकिने गरी ग्राफिक वा शब्दमा उल्लेख गर्नु पर्ने।

- लेबलमा बच्चाको उमेर अनुसार आमाको दूधको साथै अन्य पोषिला खाद्य पदार्थ पनि खुवाउनु पर्नेछ भन्ने सन्देश उल्लेख गर्नुका साथै उक्त खाद्य पदार्थ बच्चाहरुको पोषणको एकमात्रै स्रोत हुन नहुने कुरा समेत स्पष्ट उल्ले‍ख गर्नु पर्ने।

- उत्पादकले आफ्नो उत्पादनमा दाबी गरेका पोषक तत्व र तिनको मात्रा लेबलमा स्पष्ट देखिने गरी खुलाउनु पर्ने।

-लेबलमा उल्लेख गर्नु पर्ने विवरणहरु बारकोड वा अन्य उपयुक्त विधिबाट पने राख्न पाउनेछन्।

तर लेबलमा स्तनपानलाई निरुत्साहन गर्ने वा प्रतिकुल असर पार्ने किसिमको कुनै पनि सन्देश, तस्बीर, आकृति, प्रतिमाहरु राख्न भने नपाउने मापदडमा उल्लेख छ। यसैगरी अन्नमा आधारित पुरक बाल आहारको लेबलमा स्वच्छता र गुणस्तर सम्बन्धी भ्रामक सूचना दिने खालको कुनै पनि प्रकारको चित्र, वाक्य वा शब्दहरु उल्लेख गर्न नपाइने भएको छ।


प्रकाशित : सोमबार, फागुन २२ २०७९२३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend