शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दुईपटक म्याद थप्दा पनि सम्पन्न हुन सकेन चारलेन सडक निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
images
दुईपटक म्याद थप्दा पनि सम्पन्न हुन सकेन चारलेन सडक निर्माण

चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन्। सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ।

images
images

राँझा- चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ।

images
images
images

सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन्। विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठसय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चारलेन सडक निर्माण थालिएको थियो। निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

images
images

गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रूपैयाँको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। विसं २०७८ चैत ३० सम्म पहिलो पटक म्याद थप गरी सो अवधिमा पनि निर्माण गर्न नसकेपछि २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए। 

images
images

उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो। विसं २०७४ मा काम सुरू भएयता निर्माण कम्पनीले करिब १८ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ। निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ।

चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन्। सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ। धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित हुन पुगेको खजुरा बजारका व्यवसायी रमेश थापाले बताए। 

उनले मुख्य सडकमा सवारी साधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे। गत वर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो। उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो।

चारलेन सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए। उजले सडकको अवस्थाका बारेमा खजुराका जनताले आफूहरुलाई धेरै गुनासो गर्ने गरेकाले सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक-पटक आग्रह गरे पनि काम हुन नसकेको उल्लेख गरे।

सडक निमाणमा लापरबाही हुँदा नेपालगञ्ज-गुलरिया सडक खण्डअन्तर्गत खजुरा र गुलरियामा निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै बीचबीचमा खाल्डाखुल्डी र जीर्ण जस्तो देखिने गरेको छ। अहिले यहाँ आवत गर्ने सर्वसाधारण धुलाम्ये हुने गरेको स्थानीय व्यापारी शतिश निरौलाले बताए। रासस 


प्रकाशित : बुधबार, फागुन १७ २०७९०७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend