शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

उत्तर-दक्षिण करिडोरका दुई दर्जन पुलको काम सुरु हुनै बाँकी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
images
उत्तर-दक्षिण करिडोरका दुई दर्जन पुलको काम सुरु हुनै बाँकी

कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ। बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ।

images
images

काठमाडौं- उत्तर-दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ।

images
images
images

कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल निर्माणमा जान बाँकी रहेको हो।

images
images

कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ। बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ। त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर-दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए। उनले भने, 'अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ।'

images
images

कालीगण्डकी करिडोरमा हालसम्म पाँच पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। जम्मा १२ पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले जानकारी दिए। निर्माणाधीन पुल ६०/७० मिटर लम्बाइसम्मका रहेको उनले बताए।

चालु आवमा दुई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उनले जानकारी दिए। चौध पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच सकियो भने अरूमा काम भइरहेको छ। उनले भने, 'समग्रमा १५ पुल ठेक्का लगाउन बाँकी रहेको छ।'

प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा जम्मा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ। सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताए। उनले भने, 'कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ।'

कर्णाली करिडोरमा जम्मा १४ पुल रहेकामा नौ असार मसान्तमा ठेक्का लागेको हिल्सा-सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए। गत आव र त्योभन्दा पहिले निर्माण सुरु भएका पाँचवटा पुल निर्माणाधीन रहेका छन्। उनले भने, 'अझै चार-पाँचवटा डिजाइनमा जान बाँकी छ र सर्बे डिजाइन भइरहेको छ।' रासस


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०९:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend