शनिबार, मंसिर ८ गते २०८१    
images
images

सुदूरपश्चिम विकासको महत्वपूर्ण आयोजना मानिएको ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
images
सुदूरपश्चिम विकासको महत्वपूर्ण आयोजना मानिएको ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग

सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन्।

images
images

बझाङ- सुदूरपश्चिमको विकासको मूल ढोकाका रुपमा परिचित बझाङको ताक्लाकोट सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका छन्।

images
images
images

निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै सेनाको जिम्मा दिन साइपालका जनप्रतिनिधिले माग गरेका हुन्। दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस सडकखण्डलाई बझाङका साथै प्रदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भए तापनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन।

images

कठिन चट्टानी भिरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए। सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आँकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष बोहोराको भनाइ छ।

images

निर्माण व्यवसायीको जिम्मा दिँदा यही गतिमा हुने हो भने यो काम गर्न अझै १० वर्ष लाग्नसक्ने उनको भनाइ छ। निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइँ छ।

सङ्घीय सरकारले प्रत्येक वर्ष बजेट छुट्याएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताए। बुधबार मात्रै प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गरेका छन्। यस वर्ष सडक निर्माणको कामले गति नलिएकोसमेत जोशीले बताए। 

कामलाई छिटोछरितो अगाडि बढाउन निर्माण कम्पनीलाई पनि निर्देशन दिइएको उनको भनाइ छ। गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँंग आफूले भेटका क्रममा ताक्लाकोट सडकखण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताए।

सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन्। रूपातोलादेखि साइपालको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ। रुपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले विसं २०७४ मङ्सिरमा काम सुरु गरेको थियो। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९१३:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend