बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भौतिक पूर्वाधारमन्त्री र चिनियाँ राजदूतसहितको टोली चक्रपथको स्थलगत अनुगमनमा, काम अघि बढ्ने प्रतिबद्धता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
images
भौतिक पूर्वाधारमन्त्री र चिनियाँ राजदूतसहितको टोली चक्रपथको स्थलगत अनुगमनमा, काम अघि बढ्ने प्रतिबद्धता

यसअघि पहिलो खण्डको कोटेश्वर–कलङ्की चक्रपथ सडक विस्तारको काम सम्पन्न भइसकेको छ। मुख्य लेन चीनको अनुदानमा निर्माण हुने भए पनि दायाँबायाँ ढललगायतका काम नेपाल सरकारले नै गर्नेछ।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन्।

images
images
images

उनले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने जानकारी दिए।

आज उक्त खण्डको स्थलगत अनुगमनमा पुगेका उनले पत्रकारसँगको कुराकानीका क्रममा भने, 'सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको थियो, केही समस्या थिए, समाधान निकालिसकिएको छ, केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्काे ठाउँमा बनाउने गरी हटाउने काम भएको र केही चौकी हटाइसकिएको छ, अब छिट्टै काम सुरु गर्छौं।' 

images

उनले चिनियाँ राजदूतले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। अनुगमनका क्रममा उनीसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत चिनियाँ दूतावास तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो।  

images

सो क्रममा चिनियाँ राजदूत सोङले नेपाल सरकारले कामलाई तदारुकता दिएको पाइएकाले छिट्टै काम अघि बढाउने बताएका छन्। यसअघि चीनले साइट क्लियर नगरेसम्म काम अघि नबढाउने बताउँदै आएकाले काममा ढिलाइ भइरहेको थियो।

पत्रकारसँगको कुराकानीमा मन्त्री श्रेष्ठले स्वयम्भू अगाडिको समस्यालाई डिजाइनमै नयाँ तरिकाले समाधान गर्नुपर्ने गरी समझदारी भएको बताए। 'त्यहाँ सांस्कृतिक हिसाबले भत्काउन उपयुक्त हुँदैन भन्ने समझदारी भएको छ, डिजाइन फेरेर काम हुन्छ, पुलिसचौकी हिजै हटाइसकिएको छ, मन्दिरको समस्या समाधान भइसक्यो', मन्त्री श्रेष्ठले भने, 'अब मुलभूतरुपमा काम सम्पन्न हुने चरणमा गएको छ।' 

उनले अहिलेसम्म वसुन्धरासम्मको सम्झौता भए पनि सकेसम्म महाराजगञ्ज हुँदै धोवीखोलासम्म सम्पन्न नगरिदिनुहोस् भनेर नेपाल सरकारले चीनसँग अनुरोध गरेको पनि जानकारी दिए।

अनुगमनमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्नुपर्ने खम्बा एक–दुई ठाउँबाहेक सबै सारिसकिएको र बाँकी पनि १५ दिनभित्रमा सारिसक्ने जानकारी दिए। उनले भने, 'हाम्रो ठाउँबाट कहीँ पनि समस्या छैन।' सडक निर्माणसँगै तार भूमिगतको काम जारी रहने उहाँले जानकारी दिए।

उक्त क्षेत्रमा आठ दशमलव दुई किलोमिटर दोस्रो खण्डको काम हुनेछ। यसअघि पहिलो खण्डको कोटेश्वर–कलङ्की चक्रपथ सडक विस्तारको काम सम्पन्न भइसकेको छ। मुख्य लेन चीनको अनुदानमा निर्माण हुने भए पनि दायाँबायाँ ढललगायतका काम नेपाल सरकारले नै गर्नेछ। उक्त काम सुरु भइसकेको छ। 

उक्त सडक विस्तारका लागि दुई देशबीच सन् २०१८ जीटुजी सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार कलङ्कीदेखि वसुन्धराको कल्भर्टसम्म दोस्रो खण्डको सडक विस्तार गर्ने उल्लेख छ। नेपाल सरकारले चाबहिल नजिक रहेको धोवीखोला पुलसम्म विस्तार गर्न आग्रह गरेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend