शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सडक सञ्जालसँग जोडिँदै नार्पाभूमि

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
images
सडक सञ्जालसँग जोडिँदै नार्पाभूमि
images
images

मनाङ- हिमाली जिल्ला मनाङमा सडक सञ्जाल विस्तार भएको २० वर्ष भयो। मनाङमा सडक विस्तार भएको २० वर्षपछि जिल्लाको विकट क्षेत्रको रूपमा रहेको नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग जोडिने भएको छ।

images
images
images

प्रदेश सरकार र पालिकाबाट बजेट छुट्याइएपछि नार्पाभूमिमा सडक सञ्जालको ट्र्याक खोल्न लागिएको हो। सडक सञ्जालबाट वञ्चित रहेको यस पालिकामा हाल सडक सञ्जाल विस्तारको काम भइरहेको छ।

images
images

नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। केही भागमा सडक विस्तारका ट्र्याक खोल्ने काम भएको नार्पाभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए। 

images
images

उनका अनुसार सडकको ट्र्याक खोल्नका लागि गण्डकी प्रदेश सरकारबाट ५० लाख र गाउँपालिकाबाट ९० लाख विनियोजन भएको छ। मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा बल्ल मात्रै सडकको ट्र्याक खोल्न लागिएको उनले बताए।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेञ्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने लक्ष्यमा पुगेको बताए। 'पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाएको थिएँ, यसमा प्रदेश सरकारले सहयोग गर्दा अझ हौसला थपिएको छ', अध्यक्ष लामाले भने। 

पालिकाको तल्लो क्षेत्रमा सडक सञ्जालको विस्तारका लागि ट्र्याक खोल्ने काम भइरहेको उनले बताए। 'यहाँ ट्र्याक खोलेर मात्रै सुरक्षित यात्रा गर्न त पाउने छैनौँ, तर भीरको बाटो छ, जोखिम उत्तिकै रहेको छ, त्यसलाई मध्यनजर गरी यहाँका नदीनालाको जोखिमलाई न्यूनीकरण गर्न पुल निर्माण पनि उत्तिकै आवश्यक रहेको छ', लामाले भने। 

यस पालिकामा ट्र्याक खोलिएसँगै स्थानीयवासीमा खुसी छाएको छ। जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने उनीहरूको आशा छ। मर्स्याङ्दीलगायत साना ठूला नदीमाथि पुल निर्माण गर्न सकिए अझै यस पालिकाको सडक सुरक्षितरूपमा यात्रा गर्न सकिनेछ। रासस


प्रकाशित : बुधबार, फागुन १० २०७९१३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend