बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

आईफोनको पहिलो मोडल ६३ हजार डलरमा बिक्री भयो 

images
मंगलबार, फागुन ९ २०७९
images
images
आईफोनको पहिलो मोडल ६३ हजार डलरमा बिक्री भयो 

एपस्टोर नभएको फोनमा टूजी इन्टरनेट कनेक्सन नेटवर्क रहेको छ। 

images
images

काठमाडौं- पहिलो पुस्ताको एउटा  आईफोन ६३ अहजार अमेरिकी डलरमा बिक्री भएको छ। 

images
images

अमेरिकामा भएको एउटा अनलाइन बोलकबोलबाट सन् २००७ मा आएको एउटा पहिलो पुस्ताको आईफोनलाई एकजना अमेरिकी नागरिकले ६३ हजार अमेरिकी डलरमा खरिद गर्ने कबोल गरेका छन्। 

images
images

एलसीजी नामक एउटा प्ल्याटफर्मले अक्सनमा राखिएको यो फोनको बक्स खोलिएको थिएन। वास्तविक मूल्यभन्दा सय गुणाभन्दा बढीमा बिक्री भएक यो आइफोनको ३.५ इन्चको डिस्प्ले रहेको छ। २ मेगापिक्सेलको क्यामेरा भएको फोनमा ४ जीबी र्‍याम र ८ जीबी स्टोरेज क्षमता छ। 

images
images

एपस्टोर नभएको फोनमा टूजी इन्टरनेट कनेक्सन नेटवर्क रहेको छ। 

महिनादिनभन्दा बढी चलेको बोलकबोलको सुरुवात २ हजार ५ सय अमेरिकी डलरबाट भएको थियो। सुरुमा २७ वटा बिड परेका थिए। अन्तत: ६३ हजार डलर कबोल गर्ने एक अमेरिकी नागरिकले यो आईफोन प्राप्त गरेका छन्। 

 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend