मंगलबार, असोज ८ गते २०८१    
images
images

कलंकी-बसुन्धारामा सहायक सडक निर्माण अघि बढाइँदै, चिनियाँ पक्षले मुख्य लेनमा सुरु गरेन काम

images
सोमबार, फागुन ८ २०७९
images
images
कलंकी-बसुन्धारामा सहायक सडक निर्माण अघि बढाइँदै, चिनियाँ पक्षले मुख्य लेनमा सुरु गरेन काम

अहिले कलंकीबाट बसुन्धारासम्म बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण गर्ने गरी ठेक्का भएको छ। चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो। पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन।

images
images

काठमाडौं- चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलंकी-बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ। ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन। चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो। चिनियाँ पक्षले काम शुरु नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरु गरिएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ। 

images
images
images

चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताइन्। मुख्य लेनको २५/२५ मिटर बाहिर सडकको दुबैतर्फ छ/छ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो। आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ। 

अहिले कलंकीबाट बसुन्धारासम्म बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण गर्ने गरी ठेक्का भएको छ। चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो। पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन। पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरु भएको थियो। अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो। पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो।

त्यो अपुग भएपछि सरकारले आवश्यकताका आधारमा आकाशे पुल निर्माण गरेको थियो। चिनियाँ पक्षले सडक निर्माणको क्रममा आकाशे पुल निर्माण गरेपछि अपुग भएमा पछि सरकारले बनाउन सक्ने प्रमुख अधिकारीले बताइन्। सडक निर्माण सकिँदा नसकिँदै खन्ने प्रवृत्ति पुनरावृत्ति भइरहँदा योजनाले सकेसम्म समन्वय बढाएर सडक निर्माण गर्न लागेको प्रमुख अधिकारीले बताइन्। 

images

कलंकी-बसुन्धारा खण्डमा अहिले योजना आफैँले ढल हालिरहेको छ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छाउने काम गरिरहेका छन्। उनले भनिन्, 'सकेसम्म खन्न नपर्ने गरी हाल्न लागिएको छ।' पहिले सडकको बीचमा खानेपानी पाइप रहेकामा अहिले छेउबाट मात्रै राखिएको प्रमुख अधिकारीले बताइन्। कतैकतै क्रसिङमा मात्रै बीचको लेन भएर पाइप लैजाने उनले बताइन्। 

सो खण्डमा सडक निर्माणका लागि निर्माणस्थल खाली गराउन रुख काट्ने, खानेपानीको पाइप, विद्युत्को पोल हटाउन काम सकिएको छ। उनले भनिन्, 'पोल ग्रीन बेल्टमा पर्ने हुँदा सार्नुपर्ने हुँदैन र काम अघि बढाउन सकिन्छ।' सामान्यतया पहिलो खण्डजस्तो हुने भने पनि अहिलेसम्म कस्तो डिजाइनमा निर्माण हुने टुङ्गो लागिसकेको छैन। साइकल लेन निर्माणलगायतका केही कुरा फरक हुनसक्ने छ। मुख्य सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल अघि बढाएको छ। 

उपप्रधानमन्त्री तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले हालै चिनियाँ राजदूतसँग चक्रपथ सडक चाँडो सम्पन्न गर्न आग्रह गरेका थिए। सरकारले चक्रपथको दोस्रो चरणमा कलंकीबाट चावहिल नजिकै धोबीखोलासम्म विस्तारका लागि अनुरोध गरेपनि हाल बसुन्धारासम्मको सडक चीन सरकारको सहयोगमा विस्तार हुने आयोजनाकी प्रमुख अधिकारीले बताइन्। कलंकीबाट बसुन्धारासम्म सडक निर्माणको लागि सम्झौता भएको थियो। 

उनले भनिन्, 'महाराजगञ्जको जग्गा उपलब्ध नहुँदा त्यसभन्दा अघि गर भन्न सकिने अवस्था भएन। त्यहाँसम्म अर्काे चरणमा हुनसक्छ।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षले निर्माणस्थल खाली नै नभएसम्म निर्माण सुरु नगर्ने हुँदा दोस्रो खण्डमा मुख्य लेनमा विस्तार सुरु नभएको बताए। सरकारले वा अरु दातृ निकायको भए यही अवस्थामा निर्माण सुरु गर्ने भए पनि चिनियाँ पक्षले चक्रपथको पहिलो खण्डमा विस्तार हुँदा सडक खाली हुन ढिलाइ भएको देखेर अहिले पूरै खाली नभएसम्म सुरु नगरेको बताए। 

पहिलो खण्ड निर्माण गर्दा एउटा पोल हटाउन पनि छ महिना लागेकाले ढिलाइ भएको उनको भनाइ थियो। उनले भने, 'चिनियाँ राजदूतलाई सबै कुरा भनेको र हाम्रो सन्दर्भमा गर्न भनेका छौँ र उताबाट पनि यसलाई लिखित पत्र माग्नुभएको छ।'

चक्रपथको पहिलो खण्डका रुपमा सरकारले कोटेश्वर-कलंकी खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो। सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन। दोस्रोचरणको  विस्तारको तयारी सुरु भएको तीन वर्ष वित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन। रासस


प्रकाशित : सोमबार, फागुन ८ २०७९०९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend