शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दुई लेनको बन्दै डुम्रे-बेँसीसहर सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ५ २०७९
images
दुई लेनको बन्दै डुम्रे-बेँसीसहर सडक

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम अन्तिम चरणमा पुगेको इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

images
images

लमजुङ- लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। 

images
images
images

तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्न अझै ५० प्रतिशत बाँकी रहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए। 

images
images

उनका अनुसार यतिबेला चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम अन्तिम चरणमा पुगेको छ। त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको छ। कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको छ। 

images
images

सडकको नाली बनाउने कार्य पनि भइरहेको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीको भनाइ छ। उनले भने, ‘कामलाई तत्काल प्रभाव पार्ने यस सडकभित्र रहेको २० बिजुलीका खम्बा र १८ टेलिफोनका खम्बा हटाउन पहल भइरहेको छ।’ यस सडकको निर्माण कार्य लक्ष्यअनुसार भइरहेको उनको दाबी छ। 

आगामी वर्षायाममा काम करिब तीन महिना प्रभावित हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउने कोसिसमा रहेको सूचना अधिकारी अधिकारीले बताए।

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यो सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ। राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ। त्यस्तै १०/१० मिटरको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ। यसअघि तीन दशमलव ७५ मिटरको ‘क्यारिज वे’(भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ।

त्यस्तै दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण हुने भएको छ। उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते सम्झौता गरेको थियो। सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ। 

त्यस्तै कालोपत्र सकिएपछि पेन्टिङ गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ। डुम्रे-बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ। यस सडकको तनहुँको डुम्रेदेखि लमजुङको सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ।

यस सडकका लागि भ्याट र पिएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकामा कम्पनीले ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको उक्त कार्यालयले जनाएको छ। यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ। डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन करिब साढे एक दशक लागेको थियो। 

विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा सडकको कालोपत्र सम्पन्न भएको थियो। डुम्रे-बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्ने गर्दछन्। रासस


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९०९:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend