बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

ललितपुरको नख्खुमा एनसेलको भव्य 'इन्टिग्रेटेड डेटा सेन्टर'

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
images
images
ललितपुरको नख्खुमा एनसेलको भव्य 'इन्टिग्रेटेड डेटा सेन्टर'

'टियर थ्री प्लस' स्तरको डेटा सेन्टर तयार भएको कम्पनीको दाबी छ।   

images
images

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक एनसेलको भव्य 'इन्टिग्रेटेड डेटा सेन्टर' तयार भएको छ। 

images
images

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले व्यावसायिक सेवासमेत दिनेगरि ललितपुरको नख्खुमा अत्याधुनिक डेटा सेन्टर तयार पारेको छ। 

images
images

डेटा सेन्टर निर्माणका लागि  लागि आवश्यक र्‍याक, स्वीच लगायत समग्र निर्माण चिनियाँ कम्पनी हुवावेले गरेको हो। हुवावेले कन्टेनरमा आधारित उक्त डेटा सेन्टार निर्माण गरेको थियो। 

images
images

'टियर थ्री प्लस' स्तरको डेटा सेन्टर तयार भएको कम्पनीको दाबी छ।   

cnn.jpg

स्वचालित, सुरक्षित र किफायति डेटा सेन्टरका रुपमा तयार पारिएको कम्पनीले जानकारी दिएको छ। व्यावसायिक सेवामात्र नभएर देशकै लागि महत्वपूर्ण पूर्वाधार तयार भएको कम्पनीको दाबी छ। 

ऊर्जा ब्याकपका लागि पाँच मेगावाट क्षमताको डिजेल प्लान्ट रहेको र अहिलेको इन्धन स्टोरेज क्षमता अनुसार पनि लगातार चार दिनसम्म सञ्चालन गर्नसक्ने क्षमता राख्छ। इन्धन आपूर्तिमा समस्या नभएमा यसले २/३ महिनासम्म लागतार आफ्नै ऊर्जाबाट सञ्चालन हुने क्षमता राख्छ। 

भुकम्प प्रतिरोधक हुनेगरी डेटा सेन्टर निर्माण भएको कम्पनीले जानकारी दिएको छ। यसमा कन्टेनर बिल्ड रहेको छ। कन्टेनरमा आधारित यस्तो डेटा सेन्टर नेपालमा मात्र नभएर यो क्षेत्रकै पहिलो भएको कम्पनीको दाबी छ। 

२५० र्‍याकसम्म राख्न मिल्ने यो डेटा सेन्टरमा ८८ वटा २२० भोल्टका र्‍याक एसी छन् भने बाँकी ४८ भोल्टका र्‍याक डिसी छन् । 

dfdfdfdf.jpg

डेटा सेन्टरको सर्भिस लाइफस्प्यान २५ वर्ष अवधि रहेको छ ।

यो डेटा सेन्टार व्यावसायिक प्रायोजनका लागि निर्माण भएको हो। यसमा अहिले पनि सार्वजनिक तथा निजी कम्पनहरूले सेवा लिइरहेका छन्। त्यस्तै गैरसरकारी संस्थाले पनि यसको सेवा लिएको कम्पनीले जानकारी दिएको छ। 

यो डेटा  सेन्टर पूर्ण क्षमतामा सञ्चालन हुँदा चार मेगावाट बिजुली चाहिन्छ। २५० वटै र्‍याक पूर्ण हुँदा यसको ऊर्जा माग ४ मेगावाट हुने छ। तर अहिले भने यसले १ मेगावाट ऊर्जा खपत गरिरहेको छ। 

ऊर्जा आपूर्तिमा समस्या हुँदा परिसरमै रहेको डिजेल प्लान्टबाट आपूर्ति हुने र यस्तो आपूर्ति स्वचालित हुने कम्पनीको दाबी छ। 

ncell.jpg


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१३:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend