मंगलबार, वैशाख २५ गते २०८१    
images
images

नेपाल टेलिकममा चरम लापरबाही, एक महिनामै दोहोरियो गल्ती

लापरबाहीको पुनरावृत्तिले नेपाल टेलिकमको नेटवर्कमा बारम्बार खराबी 

images
images
images
नेपाल टेलिकममा चरम लापरबाही, एक महिनामै दोहोरियो गल्ती
images
images

काठमाडौं- बिलिङ प्रणालीमा आएको समस्याका कारण नेपाल टेलिकमको नेटवर्क प्रभावित भइरहेको छ। गएको एक महिनामै उस्तै समस्या दोहोरिएको छ। 

images
images
images

माघ ३ गते टेलिकमको नेटवर्कमा समस्या आउँदा दिउँसो सेवा प्रभावित भएको थियो। उक्त समस्यापछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एउटा छानबिन समिति नै बनाएको थियो। 

images

उक्त समितिले उक्त दिनमात्र होइन बिलिङ प्रणालीमा रहेको खराबीका कारणले गर्दा पटकपटक समस्या आइरहेको निष्कर्ष निकालेको छ। समितिले आफ्नो अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ। 

images

प्रणालीमै रहेको खराबी तथा व्यवस्थापकीय चरम हेलचक्र्याइका कारणले गर्दा नेटवर्कमा समस्या देखिएको समितिले ठहर गरेको छ। समस्या समाधानका उपायसहित समितिले मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। मन्त्रीले यस्तो समस्या दोहोरिन नदिनका लागि काम गर्न निर्देशन दिइसकेका छन्। 

images
images

तर उक्त समस्यामा सुधार देखिनेभन्दा उल्टो दोहोरिएको छ। माघ ३ गते जुन कमजोरीले गर्दा समस्या आएको थियो त्यस्तै कारणले गर्दा फागुन ३ गते पनि सेवा प्रभावित भएको छ। टेलिकम निकट स्रोतका अनुसार माघ ३ गतेकै कमजोरी पुनरावृत्ति हुँदा फागुन ३ गते सेवा प्रभावित भएको र यसबाट कम्पनीलाई झन्डै करोड रुपैयाँको क्षति भएको छ। 

'ठ्याक्कै उस्तै कमजोरी र प्रवृत्तिले गर्दा आज बिहानसम्म टेलिकममा समस्या देखिएको हो', स्रोतले भन्यो। 

भद्रगोल बिलिङ प्रणाली, व्यवस्थापनमा चरम लापरवाहीका कारणले गर्दा यस्तो समस्या आएको समितिले यसअघि नै निष्कर्ष निकालेको थियो। माघ ३ गतेको समस्यापछि नेपाल दूरसञ्चार प्राधिकरणले पनि छानबिन गर्ने भएको छ। 

बारबाम्बार नेटवर्कमा समस्या आउने देखिएकाले यसको छानबिन गर्न प्राधिकरणले समिति बनाइसकेको छ। 

नेपाल टेलिकमको व्यवस्थापनले गरेको गैरजिम्मेवार र लापरवाहीले गर्दा संस्थागत हित गम्भीर जोखिममा परेको समितिले ठहर गरेको छ।

बिलिङ प्रणाली सञ्चालनका लागि रहेको स्टोरेज कन्ट्रोलरमा ० र १ नामका दुईवटा नोड हुन्छन्। एउटा बिग्रिएको खण्डमा पनि अर्कोले काम गर्छ। माघ ३ गतेको समस्या आउनुको मुख्य कारणमा एउटा नोड बिग्रिएरमात्र होइन त्यो बिग्रेको नोड मर्मतका लागि झिक्दा नबिग्रेको नोडको कनेक्सनमा असर परेको समितिले छानबिनका क्रममा पाएको छ। 

‘यतिमात्र होइन त्यहाँ अनिधिकृत व्यक्तिको प्रवेश भएको समेत पाइएको छ’, समितिका एक सदस्यले भने। 

बिलिङ प्रणालीको जडान तथा मर्मतको जिम्मा पाएको एसिया इन्फोको प्रतिनिधिलाई जानकारी नदिइ स्थानीय कम्पनीको प्रतिनिधि त्यहाँ छिरेको थियो। 

कुनै पनि डिभाइस वा सफ्टवेयरमा खराबी आएपछि त्यसको जिम्मेवारी उक्त कम्पनीको भएपनि बिलिङ स्टोरेज आपूर्ति गर्ने कास्ट ट्रेडिङका व्यक्ति छिरेका थिए। बिग्रेको नोड तान्दा काम गरिरहेको नोडमा समेत असर पर्न जाँदा सेवा अवरुद्ध भएको हाे। 

टेलिकमले दिने प्रत्येक सेवाको बिलिङ प्रणाली नेटवर्कसँग जोडिएको हुन्छ। उक्त प्रणालीमा समस्या आउनेवित्तिकै नेटवर्क प्रभावित हुन्छ। यस्तो हुँदा सेवा प्रभावित हुन्छ। टेलिकमले प्रणालीको मर्मत गर्न तत्काल सक्दैन उक्त समयसम्मका लागि बिलिङ प्रणाली र नेटवर्कको कनेक्सन टुटाइन्छ। यसरी टुटाउँदा कम्पनीलाई करोडौँ नोक्सानी हुन्छ। यस्तो नोक्सानी धेरैपटक भएको बर्सेनि अर्बमा नोक्सानी भएको समितिले ठहर गरेको छ। 

images

प्रकाशित : शुक्रबार, फागुन ५ २०७९०५:५४

प्रतिक्रिया दिनुहोस