शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३ काम बाँकी, यस्तो बन्यो विमानस्थल 

images
बिहीबार , कात्तिक ४ २०७८
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३ काम बाँकी, यस्तो बन्यो विमानस्थल 

महत्वपूर्ण  काम क्यालिब्रेसन उडान बाँकी रहेको छ। क्यालिब्रेसन उडानका लागि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणललाई अधिकार दिइसकेको छ।

images
images

काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। 

images
images
images

‘विमानस्थल निर्माणको काम लगभग सकिएको छ’ नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीले भने, ‘क्यालिब्रेसन उडान सम्पन्न भएपछि सरकारले जुन दिन विमानस्थल सञ्चालन गर्ने भन्छ त्यही दिनबाट विमानस्थल सञ्चालनमा आउँछ।’

images
images

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार पनि विमानस्थल निर्माणको काम लगभग सम्पन्न भइसकेको छ। उनका अनुसार विमानस्थल निर्माणमा अब साना ठूला गरी तीन वटा मात्रै काम बाँकी रहेको छ।

images
images
gautam buddha airport  (2).jpg

सबैभन्दा महत्वपूर्ण  काम क्यालिब्रेसन उडान बाँकी रहेको छ। क्यालिब्रेसन उडानका लागि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणललाई अधिकार दिइसकेको छ।

प्राधिकरणले पनि भारतीय एयपोर्ट अथोरिटीसँग क्यालिब्रेसन उडानका लागि जीटूजी गर्ने गरी फाइल अगाडि बढाएको छ।

विमानस्थलमा टर्मिनल भवन भित्रको फिनिसिङ र फर्निसिङको केही काम मात्रै बाँकी रहेको अधिकारीले जानकारी दिए। फिनिसिङमा फल्स सिलिङको केही मात्रै काम रहेको र फर्निसिङ अन्तर्गत टेबल कुर्ची तथा काउन्टरहरुको काम बाँकी रहेको उनले बताए। सरकारले अब जुन दिनबाट विमानस्थल सञ्चालन गर्ने भनेर घोषण गरे पनि हुने उनको भनाइ छ।

gautam buddha airport  (4).jpg

विमानस्थल निर्माणको काम २०७१ (सन् २०१५) सालदेखि सुरु भएको थियो। सन् २०१७ भित्र विमानस्थल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य थियो। भूकम्प तथा नाकाबन्दीसँगै निर्माण कम्पनीको लापरबाहीका कारण विमानस्थल समय बन्न सकेको थिए। फेरि २०७६ चैतबाट सुरु भएको कोरोनाले पनि विमानस्थल निर्माणमा ढिलाइ भएको थियो। विमानस्थल निर्माणमा ३० अर्ब रुपैयाँ (जग्गा मुआब्जा रकमसहित) खर्च भएको छ।

gautam buddha airport  (3).jpg
gautam buddha airport  (7).jpg
gautam buddha airport  (5).jpg
gautam buddha airport  (8).jpg
gautam buddha airport  (6).jpg
gautam buddha airport  (9).jpg


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend