बुधबार, वैशाख १९ गते २०८१    
images
images

मेलम्चीको पानी स्थायी रुपमा काठमाडौं ल्याउन थप १८ अर्ब खर्च हुने

images
images
images
मेलम्चीको पानी स्थायी रुपमा काठमाडौं ल्याउन थप १८ अर्ब खर्च हुने
images
images

काठमाडौं- मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले आयोजनामा ३१ अर्ब ११ करोड रुपैयाँ खर्च गरिसकेको छ। बाढीले क्षति भएको मेलम्ची मुहानमा स्थायी संरचना बनाउनका लागि थप १८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। अघिल्लो वर्ष असार १ गते गएको बाढीका कारण आयोजनामा क्षति हुँदा बाँधस्थल र हेडबक्समै समस्या आएको छ। 

images
images
images

हेडबक्समा भएको क्षतिपछि खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडीबी)ले यस विषयमा अध्ययन गरेका थिए। अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार मेलम्चीको बाँधस्थलमा थप १८ अर्ब खर्च हुने देखाएको खानेपानीमन्त्री अब्दुल खाँनले जानकारी दिए। ‘विगतमा भएको क्षतिले गर्दा अब स्थायी संरचना निर्माण गरेपछि मात्रै काठमाडौंमा सहज रुपमा पानी आउने छ,’ मन्त्री खाँनले भने।  

images

XpresT-Dual-Front-Airbags.jpg

images

विज्ञसहितको टोलीले पहिलेकै ठाउँमा हेडबक्स बनाउन सकिन्छ कि सकिँदैन भनेर भौगोलिक अध्ययन गरेको थियो। धेरै संरचनाहरू निर्माण गर्नुपर्ने देखिएकोसमेत मन्त्री खाँनले जानकारी दिए। हालसम्म मेलम्ची खानेपानी आयोजनामा ३१ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ। मेलम्चीको दोस्रो चरणमा राजधानी ल्याइने याङ्री र लार्केको काम पनि प्रभावित भएको छ। ‘अब याङ्री र लार्केको पनि पानी ल्याउनका लागि पहिले मेलम्चीमा बाँधस्थलमा स्थायी संरचना निर्माण अत्यावश्यक रहेको छ,’ मन्त्री खाँनले भने। 

images
images

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ। वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ। 

पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र हिलो नआउने गरी पानी राजधानी ल्याउको लागि पनि काम भइरहेको छ। विसं २०७८ असार १ मा आएजस्तो करिब एक शताब्दीमा आउने बाढी भने यो संरचनाले नधान्ने आयोजनाले जनाएको छ। सामान्य बाढी धान्ने भएकाले ‘हेडवर्क्स’ नबनेसम्मका लागि यो संरचना बनाउन लागिएको हो।

यता मन्त्रालयले अहिले स्थायी संरचना निर्माण नगरेसम्मका लागि अस्थायी संरचना मार्फत वर्षाकै समयमा पनि पानी ल्याउनका लागि पहल भइरहेको मन्त्री खानले बताए। ‘अस्थायी संरचनाबाट आगामी जेठअगावै बनाइने छ,’ मन्त्री खाँनले भने। 

वर्षामा पनि पानी ल्याउन बनाइने अस्थायी संरचनाका लागि खर्च पनि धेरै नलाग्ने भएको वर्षातमा पनि पानी ल्याउन लागिएको हो। कम खर्चिलो र थोरै समय लगाएर वर्षाका मेलम्चीको पानी राजधानीवासीका धारामा झार्ने काम भइरहेको मन्त्री खानले बताए। हाल मेलम्ची खोलाको दैनिक १७ करोड ५० लाख लिटर पानी राजधानीमा आइरहेको छ। तर राजधानीमा माग भने ४३ करोड लिटर पानीको छ। 

बागमती स्रोतबाट हाल दैनिक नौ करोड लिटरसम्म पानी पूर्ति भइरहेको छ। खानेपानी मन्त्रालयले राजधानीका काठ क्षेत्र र सीमा जोडिएका जिल्लाका स्रोतबाट पनि छिटो राजधानीमा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जनाएको छ। विसं २०७७ चैत तेस्रो साता पहिलोपटक राजधानी आइपुगेको मेलम्चीको पानी २०७८ जेठ अन्तिम साता वर्षाको बाढी सुरुङमा छिर्न सक्ने भन्दै बन्द गरिएको थियो। 

२०७८ असार १ मा मेलम्ची खोलाको मुहानमाथि भ्रेमाथानबाट झरेको लेदोसहितको बाढीले खानेपानी आयोजनाको संरचनामा क्षति गरेको थियो। बाढीले संरचनासँगै ‘हेडवक्स’ मा पनि क्षति भएको थियो। क्षतिपछि हेलम्बु गाउँपालिकाको समेत सहयोगमा संरचना निर्माण गरेर २०७८ चैतमा दोस्रोपटक राजधानीमा मेलम्चीको पानी वितरण गरिएको थियो।

त्यसपछि जल तथा मौसम विज्ञान विभागलगायत सरोकार भएका निकायको अनुमान अनुसार बाढी आउने सम्भावना बढेपछि २०७९ असारदेखि फेरि बन्द गरिएको थियो। दोस्रोपटक बन्द गरिएको मेलम्चीको पानी २०७९ मंसिर तेस्रो साता तेस्रो पटक राजधानी ल्याइएको हो।

images

प्रकाशित : बुधबार, फागुन ३ २०७९०६:१३

प्रतिक्रिया दिनुहोस