शनिबार, मंसिर ८ गते २०८१    
images
images

थप हवाई रुट र भैरहवाबाट सीमा उडानको अनुमति दिन नेपालद्वारा भारतलाई आग्रह 

images
सोमबार, फागुन १ २०७९
images
images
थप हवाई रुट र भैरहवाबाट सीमा उडानको अनुमति दिन नेपालद्वारा भारतलाई आग्रह 
images
images

काठमाडौं- नेपालले भारतसँग थप हवाई रुटका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि चाँडो सहमतिका  अनुरोध गरेको छ।

images
images
images

भारतले सिमा उडानमा अनुमति नदिँदा २ महिनादेखि भैरहवा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द छ। विमानस्थलमा आईएलएस उडान गर्दा भारतको एयर स्पेस पर्छ। तर भारतले आईएलएस उडानमा सहमति नदिँदा उडान नै बन्द भएको छ। 

images

नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच सोमबार काठमाडौंमा भएको वार्तामा नेपालले सो आग्रह गरेको हो। नेपालले नेपालगञ्ज वा धनगढीबाट थप हवाइ रुटका लागि भारतलाई आग्रह गर्दै आएको छ। भैरहवा लगायत नेपालमा सबै विमानस्थलबाट हुने हवाई उडान सञ्चालनका लागि ती रूट महत्वपूर्ण छन् ।

images

त्यस्तै दुई सचिवबीच पारवहन सन्धि नवीकरणलाई चाँडै निष्कर्षमा पुर्‍याउन र व्यापार सन्धि समीक्षा गर्ने विषयमा पनि छलफल भएको छ। 

भेटका क्रममा दुई परराष्ट्र सचिवले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 छलफलमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनताबीचको सम्बन्धलगायतका विषयमा छलफल  भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनाहरूमा भएको प्रगतिको सन्तोषजनक रहेको समिक्षा समेत गरेको छ।

नेपालका परराष्ट्र सचिवले मलको आपूर्ति, खाद्यान्न निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यावाद दिएका थिए। 

दुवै पक्षले पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर-सरकारी समिति (आईजीसी) चाँडै नै बोलाउने विषयमा छलफल गरेको विज्ञप्तीमा उल्लेख छ।

उउ.jpg

दुवै पक्षले विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन आधारमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरेका थिए।  उनीहरुबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र एलओसी- आईभी अन्तर्गत प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको  छ।

दुई विदेश सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको छ।  भारतीय विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा परराष्ट्र मन्त्री डा. विमला राई पौडेलसँग पनि भेट गरेका छन।


प्रकाशित : सोमबार, फागुन १ २०७९१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend