बिहीबार , मंसिर ६ गते २०८१    
images
images

प्रभु डिजिटल र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २७ २०७९
images
images
प्रभु डिजिटल र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज
images
images

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौं र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो।

images
images
images

इन्टरनेट (इमेलसहित) प्रमु डिजिटल (अनुमतिपत्र नं फि.ज १-१२१) र एलएनटीले (अनुमतिपत्र नं फि ज १-१२२) नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको जनाएको छ।

images

साथै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गरेबापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम ३० दिनभित्र तिर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ। अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानुनअनुसार असुलउपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ।

images

यसअघि माघ १६ गते प्राधिकरणले लाइसेन्स नवीकरण नगरेको भन्दै केसिएन नेट प्राली बौद्धलाई दिइएको लाइसेन्ससमेत खारेज गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend