शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि काटिँदैछ एउटै भिर, कामको जिम्मा लिएका निर्माण व्यवसायी आरोप प्रत्यारोपमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २६ २०७९
images
मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि काटिँदैछ एउटै भिर, कामको जिम्मा लिएका निर्माण व्यवसायी आरोप प्रत्यारोपमा

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ। झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ।

images
images

जाजरकोट- जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ। अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ। जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ। अझै पूरा हुन सकेको छैन। 

images
images
images

भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन्। सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ। तर कालोपत्र गरिएका अधिकांश ठाउँमा उप्किएको छ। मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किँने क्रम जारी छ। 

images
images

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ। झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ। कुदुबाट सुयाडासम्मको ८२ किमी सडक खुलिसकेको छ। मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन। 

images
images

लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ।  निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ। जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ। 

निर्माण व्यवसायी कम्पनी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा सम्पन्न भएको बताए। स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ।  कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ। थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। 

भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताए। निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताए। आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदामासी गरेको आरोप लगाए। 

दश वर्षदेखि पुल नबनाउनेलाई जरिवाना

ठेक्का लिएको १० वर्षसम्म पुल नबाउने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड जरिवाना गर्ने निर्णय गरेको छ। मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाइपी कन्स्ट्रक्सन प्रालिलाई उक्त जरिवाना तिराउने भएको हो।

निर्देशनालयले सूचना जारी गर्दै निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको रु आठ करोड दाखिला गराउन निर्देशन दिएको छ। वाइपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण अधुरै छाडेको थियो। निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण गर्न अटेर गरेपछि गत मङ्सिर २९ गते को विभागीय निर्णयानुसार ठेक्का सम्झौता रद्द गरिएको हो। कम्पनीले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो। 

जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरवाहीका कारण १० वर्षदेखि अधुरै थियो। पुलका दुई पिलर मात्र निर्माण गरेर निर्माण कम्पनीले काम छाडेको थियो। तीन वर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड लागत अनुमानको उक्त  ठेक्का वाइपी कन्स्ट्रक्सनका राजु श्रेष्ठले १४ करोडमा ठेक्का सम्झौता गर्नुभएको थियो। ठेक्का सम्झौताको १० बर्ष बित्दासमेत काम नगरेपछि सम्झौता गत मङ्सिरमा तोडिएको हो। पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रको कामसमेत प्रभावित भएको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , माघ २६ २०७९०४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend