शनिबार, मंसिर ८ गते २०८१    
images
images

नेपाली आकाशमा १० हजार फिटमाथि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालन गर्न पाइने

images
बुधबार, माघ २५ २०७९
images
images
नेपाली आकाशमा १० हजार फिटमाथि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालन गर्न पाइने
images
images

काठमाडौं- आन्तरिक हवाई यात्रामा पनि इन्टरनेट सेवा लिन सकिने भएको छ। तर यसका लागि वायुसेवा सञ्चालक कम्पनीहरूले नेपाल दुरसञ्चार प्राधिकरणले तोकेको सर्त पूरा गर्नुपर्ने छ।

images
images
images

प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेसँगै वायुसेवा कम्पनीहरूले जहाजमा इन्टरनेट सेवा दिन सक्ने बाटो खुला भएको हो। तर १० हजारभन्दा तलको उडानमा भने यस्तो सेवा सञ्चालन गर्ने पाइने छैन।

images

यसअघि सरकारले यस्तो सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन गर्न प्राधिकरणले निर्देशिका जारी गरेको हो।

images

नेपाली भूभागभित्र जमिनमाथि १० हजार फिटभित्र, जमिनमा गुडिरहँदा, उडान भर्दा वा अवतरण गर्दाको बखतमा भने आईएफसी सेवा दिन रोक लगाइएको छ। नेपालमा दर्ता भएका विमानहरूले विदेशी भूभाग तथा आकाशमा त्यहाँको नियमसमेत पालना गर्नुपर्नेछ।

प्राधिकरणका अनुसार इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिस आन्तरिक तथा बाह्य दुवै कम्पनीहरूले उपलब्ध गराउन सक्ने भएका छन्।

नेपालमा दर्ता भएका विमानमा आईएफसी सेवा उपलब्ध गराउन चाहने नेपालका वायुसेवा कम्पनीले आफूले कस्तो सेवा प्रदान गर्न चाहेको सो बारे खुलाएर निवेदन दिने सक्ने भएका छन्।

आईएफसी सेवा प्रदायकबारे जानकारी, एयरलाइन्स र आईएफसी सेवा प्रदायक कम्पनी बीचको समझदारी, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस पत्र, अन्य आवश्यक कागजात नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएसँगै वायुसेवा कम्पनीले यो सेवा सञ्चालनको अनुमति पाउने छन्।

विदेशी वायुसेवा कम्पनीले यस्तो सेवा लिन चाहेमा नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस लिइ दूरसञ्चार प्राधिकरणमा अनुमति लिन निवेदन दिनुपर्छ।


प्रकाशित : बुधबार, माघ २५ २०७९०८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend