सोमबार, वैशाख ३१ गते २०८१    
images
images

सडक सञ्जालसँग जोडियो बाँफिकोट

images
बिजनेस न्युज
images
images
सडक सञ्जालसँग जोडियो बाँफिकोट

भेरीपारि सडक सञ्जालमा जोडिएसँगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन पुगेका छन्।

images
images

रुकुम- बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो। बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ। तर बाँफिको-१० मा भने बल्ल सडक पुगेको छ। 

images
images
images

'घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको छ', स्थानीय ७७ वर्षीय विर्खे कामीले भने। भौगोलिक विकटताका कारण लामो समयसम्म सडक जोडिन नसकेको सानीभेरी गाउँपालिका र बाँफिकोटको भेरी पारिपट्टिको भूगोल पहिलो पटक सडक सञ्जालसित जोडिएको हो। बाँफिकोट-१० को गाराघाट र सानीभेरी गाउँपालिका-३ गरायलादेखि भेरी पारि पट्टीका विभिन्न ठाउँ सडक सञ्जालसित जोडिएका छन्। 

images

आर्थिक वर्ष २०६७/६८ देखि सडक खन्ने योजना बनेको हो। आव २०७४/७५ देखि सडक निर्माण थालिएको हो। चालु आवमा सानीभेरी-३ र बाँफिकोट-१० सडक सञ्जालसित जोड्न सकिएको बाँफिकोट-१० का वडाध्यक्ष हरि चन्दले बताए। गाराघाटबाट सानीभेरीको सिमाना मैदुलोटेसम्म करिब सात किलोमिटर सडकको ट्रयाक खोलिएको छ। 

images

सडक निर्माणमा हालसम्म रु एक करोड ८५ लाख खर्च भएको वडाध्यक्ष चन्दले बताए। केही ठाउँमा सडकको काम भइरहेको छ। सानीभेरी-३ पेदीबजार हुँदै मैदुलोटेसम्म करिब नौ किलोमिटर सडक निर्माण भएको छ। उक्त सडक निर्माण गर्न एक करोड ५० बढी बजेट खर्च लागेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताए तर सडक मर्मत भने हुन नसकेको उनको भनाइ छ। 

images
images

भेरीपारि सडक सञ्जालमा जोडिएसँगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन पुगेका छन्। नियमित सवारी साधन सञ्चालनका लागि केही ठाउँमा मर्मतको काम गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था भइसकेको बाँफिकोट-१० का वडाध्यक्ष चन्दले बताए। 

नजिकै भएर पनि विकट ठाउँका रुपमा रहेका बस्ती सडक सञ्जालमा जोडिएको र अब त्यसको सुधार तथा थप बस्तीमा विस्तारका लागि प्रयास भइरहेको चन्दको भनाइ छ। उनका अनुसार एकता आधारभूत विद्यालय सेजेदेखि बालहित आधारभूत विद्यालयसम्मको चार किलोमिटर सडक निर्माणका लागि ५० लाख बजेट आएको छ। 

त्यस्तै मयारीदेखि भानुभक्त माविसम्मको डेढ किलोमिटर सडक निर्माणका लागि ३० लाख बजेट आएको छ। मुख्यरुपमा वडा सडक सञ्जालमा जोडिएपछि अब बस्ती बस्ती जोड्ने सडक प्राथमिकतामा रहेको वडाध्यक्ष चन्दले बताए। रासस

images

प्रकाशित : बुधबार, माघ २५ २०७९०५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend