शनिबार, साउन १२ गते २०८१    
images
images
images

मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा, तर मुख्य सहरमै खानेपानी अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २३ २०७९
images
images
मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा, तर मुख्य सहरमै खानेपानी अभाव

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक खानेपानी दिने भनी सार्वजनिक सूचना जारी गरे पनि त्यसअनुसार धारामा पानी नआउँदा समस्या भएको महानगरपालिका-२५ का वडाध्यक्ष राजेश डङ्गोल बताउँछन्। 

images

काठमाडौं- मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौं महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ।

images
images

महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत मुख्य सहरी क्षेत्रमै खानेपानी नपाएर समस्या भएको स्थानीयवासीको गुनासो छ।

images

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक खानेपानी दिने भनी सार्वजनिक सूचना जारी गरे पनि त्यसअनुसार धारामा पानी नआउँदा समस्या भएको महानगरपालिका-२५ का वडाध्यक्ष राजेश डङ्गोल बताउँछन्। 

मुख्य सहरी क्षेत्रमा अहिले हप्तामा एकपटक पानी आउने गरेको छ। एकपटक आउने गरेको पानी पनि लिमिटेडले दिएको तालिकामा नभई राति दुई बजे आउने गरेकाले थाप्न नसकिएको बाङ्गेमूढाका स्थानीयवासीसमेत रहेकी महानगरपालिका २५ नं वडा सदस्य रुपा प्रजापति श्रेष्ठको गुनासो छ।

images

राति, राति आउने पानी पनि सुरुको आधा घण्टा फोहर आउँछ। बीचबीचमा पनि फोहर पानी आउने गरेकाले समस्या भएको उनले बताए। लिमिटेडले भने यो क्षेत्रमा बिहान चार बजेदेखि सात बजेसम्म खानेपानी आउने तालिका सार्वजनिक गरेको छ। असनबाट बाङ्गेमुढाको भने लिमिटेडले पानी दिने तालिका नै नबनाएको स्थानीयवासी स्वस्तिहीरा ताम्राकारको दुःखेसो छ।

गत मङ्सिर दोस्रो साता तेस्रोपटक मेलम्चीको खानेपानी राजधानीमा ल्याइएको थियो। सुक्खा मौसम भएकाले पानीको माग धेरै छ। मेलम्चीको दैनिक १७ करोड ५० लाख लिटर पानी थपिँदा पनि काठमाडौं उपत्यकाको माग धानिएको छैन। पानी वितरणसँगै नयाँ पाइपको परीक्षण पनि चलिरहकाले पनि समस्या भएको लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले बताए। रासस


प्रकाशित : सोमबार, माघ २३ २०७९१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend