मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २३ २०७९
images
पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकसँग सरकारको लक्षित योजनामा लगानी गर्न आग्रह गरेका छन्।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ। 

images
images
images

बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएपछि छलफल गरिएको मन्त्रालयले जनाएको छ। बैंकका प्रतिनिधिले उपयुक्त परियोजनाको छनोट गरेर लगानी गर्ने बताएका छन्। 

images
images

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकको अनुदानमा पूर्वाधार निर्माणको सम्भावनाका विषयमा जिज्ञासा राखेका थिए। उनले बैंकका प्रतिनिधिसमक्ष सरकारको लक्षित योजनामा लगानी गर्न आग्रह गरेका थिए। 

images
images

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, सहसचिव शिव नेपाललगायत सहभागी थिए। रासस 


प्रकाशित : सोमबार, माघ २३ २०७९०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend