शनिबार, वैशाख ८ गते २०८१    
images
images

टेलिकमले सार्वजनिक गर्‍यो वार्षिकोत्सव अफर, कुन सेवामा कस्तो सुविधा?

images
images
टेलिकमले सार्वजनिक गर्‍यो वार्षिकोत्सव अफर, कुन सेवामा कस्तो सुविधा?
images
images

काठमाडौं- नेपाल टेलिकमले  कम्पनीकव १९ औं वार्षिकोत्सवको अवसरमा अफर सार्वजनिक गरेको छ। टेलिकमले २ सय ९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा ३  दिनका लागि ६ जीबी डाटा र ४९ रुपैयाँमा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट एक सय मिनेट कल सुविधा उपलब्ध गराउने भएको छ।

images
images
images

 यसैगरी २ सय  रुपैयाँदेखि  ४ सय ९९ रुपैयाँको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा ५ सय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ। 
यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।

images

यसैगरी नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि  १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइने समेत टेलिकमले जनाएको छ। यो सेवा फाल्गुन २९ गते सम्मका लागि उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

images

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले नयाँ प्रविधिका रुपमा ई(म को देशव्यापी वितरण गरिरहेको तथा भोवाईवाईफाई सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताए।

images
images

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन।  ‘नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमी अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरु, करसँग सम्बन्धित कार्यहरु लगायत सेवाहरु उपलब्ध गराइरहेको छ। यी सेवाहरु निरन्तर सुलभ रुपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ,’ मन्त्री शर्माले भनिन।

मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधाहरुलाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि बताइन्। 

वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरु रहेका पनि उनले बताए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टी सर्वोपरी हुनुपर्ने बताए।

‘कम्पनीले सेवाहरु देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरु गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ’, उनले भने ।

सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनु बताए।

उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए।

images

प्रकाशित : आइतबार, माघ २२ २०७९०१:०२

प्रतिक्रिया दिनुहोस