बुधबार, वैशाख १२ गते २०८१    
images
images

एयरलाइन्समा कोभिड असर सकिँदै : एक महिनामै ५ लाख ३० हजार हवाई यात्रु

images
images
images
एयरलाइन्समा कोभिड असर सकिँदै : एक महिनामै ५ लाख ३० हजार हवाई यात्रु

अन्तर्राष्ट्रियतर्फ विदेशी पर्यटक र आन्तरिकतर्फ पनि दसैँका कारण हवाई यात्रुको संख्या बढेको हो। आन्तरिकतर्फ दसैँसँगै आन्तरिक पर्यटकको बढ्दो घुमफिरका कारण पनि हवाई यात्रुको संख्या बढेका छन्। 

images
images

काठमाडौं- कोरोना संक्रमण घटेर सहज वातावरण बनेसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रु बढेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेवा लिने हवाई यात्रु ५ लाख ३० हजार ४ सय ७४ पुगेका छन्।

images
images
images

अन्तर्राष्ट्रियतर्फ विदेशी पर्यटक र आन्तरिकतर्फ पनि दसैँका कारण हवाई यात्रुको संख्या बढेको हो। आन्तरिकतर्फ दसैँसँगै आन्तरिक पर्यटकको बढ्दो घुमफिरका कारण पनि हवाई यात्रुको संख्या बढेका छन्। 

images

अन्तर्राष्ट्रिय उडानमा पनि यात्रुको संख्या बढ्दै गएको छ। सेप्टेम्बर महिनामा अन्तर्राष्ट्रिय तर्फ १ लाख ४२ हजार ८ सय ९५ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत सेवा लिएका छन्। एक महिनामा १ हजार ९३ उडान अतवरण भएको छ। सेप्टेम्बरमा सवैभन्दा धेरै यात्रु भने कतार एवरवेजले बोकेको छ। 

images

कतारले ३४ हजार ४३ यात्रुलाई सेवा दिएको छ। त्यस्तै हिमालय एयरलाइन्सले २६ हजार ८ सय १० लाई सेवा दिएको छ। सेप्टेम्बरमा पहिलो पटक हिमालयले निगमलाई जितेको हो। निगमले भने सेप्टेम्बरमा २५ हजार ७ सय ८८ यात्रुलाई सेवा दिएको छ। त्यस्तै फ्लाइ दुबईले १४ हजार ५ सय ९५ यात्रुलाई सेवा दिदाँ एयर अरेबियाले १२ हजार ६ सय ९३ यात्रु बोकेको छ। 

images
images

आन्तरिक तर्फ ३ लाख ८७ हजार यात्रु 

गत सप्टेम्बर महिनामा मात्रै ३ लाख ८७ हजार ५ सय ७९ यात्रुले सेवा लिएका छन्। जसमा काठमाडौंबाट बाहिरिने १ लाख ९४ हजार ९ सय ५२ यात्रु रहेकोमा भित्रिनेको संख्या १ लाख ९२ हजार ६ सय २२ रहेका छन्। आन्तरिक तर्फ एकछत्र सेवा दिदैं आएको बुद्ध एयरले मात्रै २ लाख २० हजार ८ सय ९६ यात्रुलाई सेवा दिएको छ।  

दोस्रोमा यति एयरलाइन्सले ८४ हजार २ सय ७५ यात्रुलाई सेवा दिएको छ। तेस्रोमा श्री एयरलाइन्सले ५९ हजार ९ सय ९ यात्रुलाई सेवा दिएको छ।

त्यस्तै गुण एयरलाइन्सले १ हजार २ सय १३, तारा एयरलाइन्सले १ हजार ५ सय १६ यात्रुलाई सेवा दिएको छ। सेप्टेम्बरमा आन्तरिक उडान गर्ने एयरलाइन्सहरुले कार्गो तर्फ पनि २ लाख ७५ हजार ८ सय ४९ टन कार्गो बोकेका छन्। 

images

प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०१:३८

प्रतिक्रिया दिनुहोस