शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

images
आइतबार, माघ २२ २०७९
images
images
नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटीटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन्। यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन्। सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ।

images

काठमाडौं- राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ। 

images
images

कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ। टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ। कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित-लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ।

images

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गरेका छन्। 

उनले नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने  सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गरे। 

images

उनले सन्देशमा सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको नवीन प्रविधि र उपलब्धिलाई अवलम्बन गरी प्रतिस्पर्धात्मक वातावरणमा भरपर्दो, गुणस्तरीय सेवाप्रवाह गर्न एवं सेवाग्राहीले लागतअनुरुपको सेवा  उपयोग गर्न पाउने अवसर सिर्जना गर्न कम्पनी अझ दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे। 

यस्तै सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले स्थापनाकालदेखि नै ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले आगामी दिनमा अझ बढी स्तरीय, भरपर्दो र सुलभ सेवा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरे। 

टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाएका छन्।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो।

कम्पनीको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ, जसमा खुद नाफा आठ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ। सोमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडीएसएल सेवाका चार लाख ३७ हजार र पीएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन्।

त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटीटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन्। यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन्। सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ। टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ। फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ।  

टेलिकमले देशभरमा पीएसटीएन, सीडीएमएलगायत आधारभूत टेलिफोन र जीएसएम र सीडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ। इन्टरनेट सेवामा डायल-अप आइएसडीएम र सीडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल-अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ।

बैंक तथा विभिन्न निकायलाई तथ्यांक आदन-प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ। कम्पनीमा हाल करिब चार हजार कर्मचारी कार्यरत छन्। विसं १९७० मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भइ नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो। रासस


प्रकाशित : आइतबार, माघ २२ २०७९०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend