शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

एक महिनामै आन्तरिक हवाई यात्रु ३ लाख ८७ हजार पुगे, बुद्ध एयरको एकछत्र

images
images
images
एक महिनामै आन्तरिक हवाई यात्रु ३ लाख ८७ हजार पुगे, बुद्ध एयरको एकछत्र

दोस्रोमा यति एयरलाइन्सले ८४ हजार २ सय ७५ यात्रुलाई सेवा दिएको छ। जसमा काठमाडौं बाहिरबाट ४२ हजार ३ सय ६२ यात्रु ल्याउँदा ४१ हजार ९ सय १३ यात्रु बाहिर लगेको छ। 

images
images

काठमाडौं- कोभिड १९ पछि हवाई यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। सरकारले देशभर आवतजावत खुला गरेसँगै उत्साहजनक वृद्धि देखिएको हो। 

images
images
images

गत सेप्टेम्बर महिनामा मात्रै ३ लाख ८७ हजार ५ सय ७९ यात्रुले सेवा लिएका छन्। जसमा काठमाडौँबाट बाहिरिने १ लाख ९४ हजार ९ सय ५२ यात्रु रहेकोमा भित्रिनेको संख्या १ लाख ९२ हजार ६ सय २२ रहेका छन्। 

images

आन्तरिकतर्फ एकछत्र सेवा दिँदै आएको बुद्ध एयरले मात्रै २ लाख २० हजार ८ सय ९६ यात्रुलाई सेवा दिएको छ। बुद्धले काठमाडौंबाट १ लाख ११ हजार २ सय १० यात्रु लैजाँदा १ लाख ९ हजार ६ सय ९६ यात्रु भने भित्र्याएको छ। बुद्धको समग्र बजार हिस्सा ५६ प्रतिशत पुगेको छ। 

images

दोस्रोमा यति एयरलाइन्सले ८४ हजार २ सय ७५ यात्रुलाई सेवा दिएको छ। जसमा काठमाडौं बाहिरबाट ४२ हजार ३ सय ६२ यात्रु ल्याउँदा ४१ हजार ९ सय १३ यात्रु बाहिर लगेको छ। 

images
images

तेस्रोमा श्री एयरलाइन्सले ५९ हजार ९ सय ९ यात्रुलाई सेवा दिएको छ। त्यस्तै गुण एयरलाइन्सले १ हजार २ सय १३, तारा एयरलाइन्सले १ हजार ५ सय १६ यात्रुलाई सेवा दिएको छ। सेप्टेम्बरमा आन्तरिक उडान गर्ने एयरलाइन्सहरूले कार्गो तर्फ पनि २ लाख ७५ हजार ८ सय ४९ टन कार्गो बोकेका छन्। 

images

प्रकाशित : मंगलबार, कात्तिक २ २०७८११:२६

प्रतिक्रिया दिनुहोस