शनिबार, साउन १२ गते २०८१    
images
images
images

दुई तिहाइ मोबाइल प्रयोगकर्ताको हातमा स्मार्टफोन 

पहिलो नम्बरमा सामसङ, दोस्रोमा शाओमी 

images
बुधबार, माघ १८ २०७९
images
images
दुई तिहाइ मोबाइल प्रयोगकर्ताको हातमा स्मार्टफोन 

इन्टरनेट सपोर्ट गर्ने मोबाइलफोन बोक्ने प्रयोगकर्ताहरूको यस्तो संख्या प्रत्येक वर्ष बढ्दै गएको छ। 

images

काठमाडौं- नेपालमा मोबाइलफोन प्रयोग गर्ने उपभोक्तामध्ये दुई तिहाइको हातमा स्मार्टफोन रहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनअनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये ७० प्रतिशत बढीले स्मार्टफोन प्रयोग गरिरहेका छन्। 

images
images

मोबाइल सेवाप्रदायकहरूको नेटवर्कमा आवद्ध डिभाइसहरूको तथ्यांकका आधारमा प्राधिकरणले यस्तो तथ्यांक निकालेको हो। प्राधिकरणका अनुसार ७० प्रतिशत बढी स्मार्टफोन प्रयोगमा छन् भने २९ प्रतिशत बारफोन रहेका छन्। 

images

इन्टरनेट सपोर्ट गर्ने मोबाइलफोन बोक्ने प्रयोगकर्ताहरूको यस्तो संख्या प्रत्येक वर्ष बढ्दै गएको छ। 

प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा धेरै सामसङ ब्रान्डका स्मार्टफोन प्रचलनमा रहेका छन्। नेपाल टेलिकम र एनसेलको नेटवर्कमा सबैभन्दा धेरै प्रचलनमा रहेको सामसङ रहेको छ। प्रतिवेदन अनुसार दुबै कम्पनीको नेटवर्कमा सामसङ १ नम्बरमा छ। त्यस्तै दोस्रोमा चिनियाँ कम्पनी शाओमी रहेको छ। तेस्रोमा ओप्पो र चौथोमा भीभो रहेको छ।  त्यसपछि क्रमश: आईटेल, लाभा, नोकिया रहेका छन्। 

images

नेपाल टेलिकमो नेटवर्कमा सबैभन्दा धेरै प्रयोगमा रहेका ठूला १० ब्रान्डमा एप्पल रहेको छ भने एनसेलको नेटवर्कमा एनसेल अटाएको छैन। रियलमी, कलर्स र हुवाइका स्मार्टफोन पनि टपटेन ब्रान्डमा समावेश रहेका छन्। 

नेपाल टेलिकमको नेटवर्कमा ६९.७३ प्रतिशत स्मार्टफोन रहेका छन् भने एनसेल नेटवर्कमा ६६ प्रतिशत मात्र छन्। 

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्यामा पनि तीव्र वृद्धि देखिएको छ।  नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्तामा फोरजी सेवा लिने ग्राहकको  संख्या आधाभन्दा धेरै रहेको छ। 

प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमका कूल प्रयोगकर्तामध्ये ६३ प्रतिशतसँग फोरजी फोन रहेका छन्। त्यस्तै एनसेलका ६‍६ प्रतिशतसँग यस्ता फोन छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने कूल ग्राहकमा ६६ प्रतिशतले फोरजी सेवा लिइरहेका छन्। 

नेपालमा कूल २ करोड ७६ लाख ९२ हजारले मोबाइल सेवाप्रादयकको इन्टरनेट प्रयोग गर्दै आएका छन्। यसमध्ये १ करोड ८४ लाख ७० हजारले फोरजी प्रयोग गर्छन्। 

फोरजी इन्टरनेटको गति तीब्र हुने हुनुपर्ने भएपनि नेपालमा सेवाप्रदायकले सोही अनुसारको सेवा नदिएको गुनासो पनि बढीरहेको छ। गुणस्तरमा सुधार नभएपनि प्रयोगकर्तामाझ फोरजीको लोकप्रियता भने बढ्दो छ। 

नेपाल टेलिकमका १ करोड १५ लाख फोरजी प्रयोगकर्ता छन्। त्यस्तै एनसेलका ६७ लाख रहेका छन्। 

इन्टरनेट प्रयोग गर्ने कूल संख्यामा मोबाइलबाट इन्टरनेट चलाउनेको हिस्सा ७७ प्रतिशत रहेको छ। ३ करोड ७८ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २ करोड ७६ लाखले मोबाइल सेवाप्रदायकको तारबिहिन इन्टरनेट चलाउने गरेका छन्। 

त्यस्तै इन्टरनेट सेवाप्रदायकको तारबाट इन्टरनेट सेवा लिने ग्राहको संख्या पनि ९७ लाख पुगेको छ। पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरेर प्रत्येक स्थानीय तहमा सेवा विस्तारमा लगानी गरेपछि तारबाट सेवा लिने ग्राहको संख्यामा उल्लेख्य वृद्धि भएको छ। 


प्रकाशित : बुधबार, माघ १८ २०७९०४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend