शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

सुरक्षित हवाई उडानका लागि प्राधिकरणले नयाँ नियम जारी गर्दै; अब पाइलटले के गर्न पाउँछन्, के पाउँदैनन्?

मंगलबार, माघ १७ २०७९
सुरक्षित हवाई उडानका लागि प्राधिकरणले नयाँ नियम जारी गर्दै; अब पाइलटले के गर्न पाउँछन्, के पाउँदैनन्?

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित हवाई उडानका लागि नयाँ व्यवस्था लागु गर्ने भएको छ। आन्तरिक हवाई उडानलाई थप सुरक्षित बनाउन केही बाध्यकारी व्यवस्था गर्न लागेको प्राधिकरण स्रोतले जनाएको छ।

प्राधिकरण महानिर्देशकबाट सर्कुलर जारी गर्ने विषयमा निर्णय भइसके पनि सरोकारवालासँग छलफल गरी जारी गर्ने तयारी भएको छ।

नयाँ सर्कुलर समर सेड्युलबाट लागु गर्ने तयारी भएको छ। नयाँ सर्कुलरमा आईएफआर उडान हुने विमानस्थमाल भीएफआर उडान गर्ने नपाइने विषयसमेत परेको छ।

Air.jpg

पाइलटको सिधै आँखाले हेरर उडान गर्नेलाई भीएफआर भनिन्छ। यसैगरी उपकरणका आधरमा गरिने उडानलाई आईएफआर भनिन्छ।

अहिले आईएफआर उडान हुने विमानस्थलमा समेत भीएफआर उडान तथा अवतरण भइरहेको छ। आईएफआर उडान हुने विमानस्थलमान भीएफआर उडान गर्न नपाइने गरी सर्कुलर जारी गर्न लागिएको हो।

यसैगरी पाइलटले अहिले दैनिक १० घण्टा तथा १० वटासम्म ल्यान्डिङ गर्न पाउने व्यवस्थालाई पनि परिवर्तन गरेर ८ घण्टा र ८ ल्यान्डिङ मात्रै गर्ने पाउने गरी सर्कुलर जारी गर्ने तयारी भएको छ।

यसैगरी पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्याण्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिट माथि हुनु पर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तिमा १ हजार फिट माथि हुनु पर्ने व्यवस्था सहितको सर्कुलर जारी गर्ने लागेको छ।

यसैगरी वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गइ सीप परीक्षण गर्नुपर्ने विषय पनि नयाँ सर्कुलरमा  राखिएको छ।


प्रकाशित : मंगलबार, माघ १७ २०७९०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend