शुक्रबार, चैत १६ गते २०८०    
images
images

कमजोर साइबर सुरक्षाप्रति अमेरिकी चासो, नेपाललाई सहयोग गर्न तयार रहेको उपविदेशमन्त्रीको प्रतिबद्धता 

images
images
कमजोर साइबर सुरक्षाप्रति अमेरिकी चासो, नेपाललाई सहयोग गर्न तयार रहेको उपविदेशमन्त्रीको प्रतिबद्धता 

सोमबार अपरान्ह आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपालको साइबर सुरक्षाको अवस्थाका बारेमा आफूले शनिबारको घटना सुनेको बताएकी हुन्। 

images
images

काठमाडौं- नेपालको कमजोर साइबर सुरक्षाप्रति सयुक्तराज्य अमेरिकाले चासो दिएको छ। शनिबार नेपालको सरकारी वेबसाइट व्यवस्थान गरिएको सर्भरमा समस्या आएको थियो। 

images
images
images

शनिबार मात्र भएको यस्तो घटनाको बारेमा आफू जानकार रहेको नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले बताएकी छन्। 

images

सोमबार अपरान्ह आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपालको साइबर सुरक्षाको अवस्थाका बारेमा आफूले शनिबारको घटना सुनेको बताएकी हुन्। 

images
images

नुल्यान्डले नेपालको साइबर सुरक्षामा सघाउन अमेरिका इच्छुक रहेको बताईन्। उनले भखरै नेपालका सरकारी वेबसाइटहरूमा साइबर आक्रमण भएको घटना सुनेको औँल्याउँदै प्राविधिक सहयोगमार्फत साइबर सुरक्षामा अमेरिकाले सघाउन सक्ने बताईन्। 

अमेरिकाले अन्य मुलुकहरूसँग पनि सहकार्य गरिरहेको र नेपाललाई पनि सहयोग गर्न तयार रहेको बताइन्। 

 

images

प्रकाशित : मंगलबार, माघ १७ २०७९०४:४७

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ